टोमराज मेहता
काठमाण्डौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि खुला तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. अबुल हुसेन अन्सारी सबैको रहर र रोजाइमा पर्न सफल भएका छन् ।
नेपाली कांग्रेसको अधिवेशनका लागि आज केही समयमा मतदान सुरु हुँदैछ । मुलुकभरीबाट आएका मतदाताहरुले नयाँ नेतृत्व चयन गर्नका लागि मतदान गर्ने भएका छन् । केन्द्रीय कार्यसमितिमा युवाहरुको उम्मेदवारीले कांग्रेसको राजनीतिमा नयाँ परिवर्तन आउने सम्भावना बढेर गएको छ ।
नेपाली कांग्रेसका खुलातर्फ बाट केन्द्रीय सदस्यका उम्मेदवार डा. अन्सारी युवाहरुको ढुकढुकी, सबैको रहर र राजोइमा पर्न सफल भएका हुन् । सुनसरी क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भारी मतले बिजयी भएका डा. अबुल हुसेन अन्सारी खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार भएकाले साथ र सहयोग गर्न आवश्यक रहेको कांग्रेसका नेताहरु बताउँछन् ।
शेरबहादुर देउवाको प्यानलबाट खुलातर्फबाट सदस्य पदका उम्मेदवार डा. अन्सारीले आज हुने निर्वाचनमा क्र.स. ३ मा मतदान गर्नका लागि अनुरोध गरेका छन् । उनले भने, ‘मलाई मतदान गरी सहयोग गर्नुहोला । मतदाताहरुले नआतिएर मतदान गर्नपर्छ । निर्धक्क भएर मतदान स्थलमा पुगी मतदान गर्नका लागि सबैलाई अनुरोध गरेका छन् ।’
खुलातर्फबाट केन्द्रीय सदस्य पदका उम्मेवार लोकप्रिय युवा नेता डा.अबुल हुसेन अन्सारीले निर्वाचन समितिले जारी गरेको आचार संहितालाई पूर्ण पालना गर्दै मतदान गरी सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विधार्थी संघको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका अन्सारीले कोभिड १९ को महामारीको बेला निःशुल्क औषधी उपचारदेखी लिएर बिरामीहरुलाई स्याहार सुसार गर्ने काममा आफै जुटेर सबैको मन जितेका थिए । नेपाली कांग्रेसमा शेर बहादुर देउवको अधिकारीक प्यानलबाट खुलातर्फबाट ३५ जना मध्ये क्र.स. ३ मा मतदान गर्नका लागि अपिल समेत गरेका छन् ।
खुलातर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. अन्सारी अहिले ७ वटै प्रदेशका मतदाताहरुको रहर र रोजाइ बनेका छन् ।