इनरुवा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले बनाएका जिल्लाका सभापति बिरेन्द्र साहले पुर्नावेदनमा मुद्दा चलिरेहको बेला जिल्ला कार्यसमिति चयन गर्नु उपयुक्त नभएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले आफुलाई जिल्ला सभापतिको जिम्मेवारी दिएको र यस विषयमा पुर्नावेदन अदालतमा मुद्दा चलिरहेको बेला कार्यसमिति चयन उपयुक्त नभएको साहले बताएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका मतदाताहरुलाई चिठी नदिई जिल्ला कार्यसमिति चयन गर्नु र पुर्नरावेदन अदालतमा मुद्दा फैसला नभएको अवस्थामा सुनसरी जिल्ला कार्यसमिति चयन गर्नु उपयुक्त नभएको उनले जिकिर गरे ।
पुर्नरावेदन अदालतको फैसला आएपछि कार्यसमिति चयन गर्दा उपयुक्त हुने उनले तर्क गर्दै अदालतमा मुद्दा चलिरहेकै अवस्थामा कार्यसमितिमा पदाधिकारी चयन गर्नु नियम विपरीत कार्य भएको उनले बताए ।