Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस १४ औं महाधिवेशन सुनसरीबाट कार्की, कोइराला र ढुंगाना बने केन्द्रीय सदस्य

पुर्व सभापतिहरुमध्ये नेता कोइरालाले मारे बाजी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार
नेपाली कांग्रेस १४ औं महाधिवेशन सुनसरीबाट कार्की, कोइराला र ढुंगाना बने केन्द्रीय सदस्य
56
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुनसरीका तीन नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन भने नेपाली कांग्रेस सुनसरीका निवर्तमान सभापति तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला प्रदेश–१ कोटाबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना पनि कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की यस अघि नेपाली कांग्रेसको सदस्य पदमा रहेर काम गरेका थिए भने कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला तर्फबाट अत्यधिक मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निकट मानिएका कार्की पुनः केन्द्रीय सदस्यमा खुल्लातर्फबाट ३५ जना मध्ये छैठौं स्थान ल्याई निर्वाचित भएका हुन् । वर्तमान प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा अहिले कार्की सूचना संचार तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कार्कीले २ हजार ८ सय २० मत प्राप्त गरी खुल्लातर्फबाट केन्द्रीय सदस्य बनेका हुन् ।

यसैगर  नेपाली कांग्रेस सुनसरीका निवर्तमान सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला प्रदेश–१ कोटाबाट केन्द्रीय सदस्य पदमा अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रदेश–१ को अधिवेशनमा नेता कोइराला सभापति पदको दावेदार थिए ।

नेता कोइरालालाई प्रदेश–१ को सभापतिको टिकट नदिई गुरुराज घिमिरेलाई दिइएको थियो । सभापति पदका उम्मेदवार घिमिरे २ मतले उद्धव थापासँग पराजित भएका थिए । नेता कोइरालालाई प्रदेश सभापतिबाट केन्द्रीय सदस्यको टिकट दिने आश्वासन दिइएको समाचार बाहिरिएको थियो ।

नेता शेखर कोइरालाको प्यानलबाट प्रदेश–१ कोटाबाट नेता कोइराला केन्द्रीय सदस्यको टिकट पाएपछि भारी मतले निर्वाचित भएपछि सुनसरीबासी सहित मुलुकभर खुशीयाली छाएको छ । सुनसरीमा दुई कार्यकाल सचिव र दुई कार्यकाल सभापति पदमा काम गरी देशै भर जम्मा २३ सिट मात्र जित्दा सुनसरीबाट मात्र ४ मध्ये ३ सिटमा विजय गराउन सक्षम कोइराला पछिल्लो समय प्रदेश–१ सँगै मुलुकभरमा लोकप्रिय नेताका रुपमा परिचित हुँदै आएका थिए ।

पछिल्ला समय प्रदेश नं. १ को उद्घाटन कार्यक्रममा तार्किक भाषण गरी देशैभर भाइरल भएका कोइरला सरल स्वभावका नेताको रुपमा चिनिन्छन । उनी कसैलाई काखापाखा नगरी समान व्यवहार गर्ने भएका कारण अत्यधिक मत प्राप्त गरेर केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । सुनसरीका पुर्व सभापतिहरु मध्ये नेता कोइरालामात्र केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस सुनसरीका पुर्व सभापतिहरु कांग्रेस राजनीतिमा स्थापित हुन नसकेको चर्चा पनि छ । नेपाली कांग्रेस सुनसरीका पुर्व सभापतिहरु हरिनाथ बास्तोला, हरि सापकोटा, रामबहादुर बस्नेत लोकप्रिय भएर पनि जिल्लाभन्दा माथि उठन सकेका थिएनन् ।

सुनसरीका सभापति हरि सापकोटा मन्त्री पदमै सिमित भए । रामबहादुर बस्नेतले चुनावी मैदानमा पराजयमात्र भोग्नु प¥यो । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरीका पुर्व सभापति हरि सापकोटा र रामबहादुर बस्नेत आ–आफनो क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भए । तर नेता कोइराला कांग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । नेता कोइरालाले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ६ सय ८९ मत प्राप्त गरी प्रथम स्थान ओगटन सफल भए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा नेता कोइरालाले २ हजार १ सय ५२ मत प्राप्त गरी निर्वाचित भएका हुन । त्यसैगरी प्रदेश–१ कोटाबाट देउवा प्यानलबाट अमृत अर्यालले २हजार ३ सय ८९ मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् । प्रदेश–१ बाट नेता कोइराला र अर्याल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेता कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै इनरुवा कांग्रेसको पहुँच केन्द्रसम्म पुगेको कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् । त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गाना खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट आएका ढुंगाना सरल स्वभावका लोकप्रिय नेताको रूपमा परिचित छन् ।

लामो समय विद्यार्थी राजनीति गरेका उनी पहिला महासमिति सदस्य सम्म मात्रै भएका थिए । पछिल्लो समय नेबिसंघको केन्द्रीय सभापति भएपछि देशैभर प्रभाव बढाएका उनी खुल्लातर्फबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

इटहरीको जनता मावि बाट नेबिसंघको राजनीति सुरु गरेका ढुङ्गाना केन्द्रीय कोषाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् । संस्थापन पक्षका प्रभावशाली नेताको रूपमा चिनिएका ढुंगानाको निर्वाचितसँगै इटहरी काँग्रेसको केन्द्रसम्मको पहुँच सहज भएको छ । केन्द्रीय सदस्य खुल्लातर्फ ३५ जना मध्ये ढुंगानाले १ हजार ८ सय ९६ मत प्राप्त गरि २४ औं स्थानमा अटन सफल भएका हुन ।

यता मधेशी कोटाबाट उम्मेदवार बन्ने भनिएका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहताले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका निवर्तमान उपसभापति विजय कुमार गच्छदार चौधौ महाधिवेशनको उपसभापति पदमा २ मतले पराजित भएका थिए ।

Tags: नेपाली कांग्रेसको १४ औं महाधिवेशन
Share22Tweet14SendScan
Previous Post

मुद्दा फैसला भएपछि कार्यसमिति चयन गर्दा उपयुक्त : साह

Next Post

भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर

भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In