सुनसरी । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा ९८ वर्षीय वृद्ध रहेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी हुन् ।
डा. मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी छन् ।
योसँगै नेपालमा तीन जनामा ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ। यसअघि दुई जना विदेशीमा नयाँ भेरियन्ट पुष्टि भएको थियो ।
पछिल्लो समय ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण विश्वका सयभन्दा बढी मुलुकहरुमा देखिएको छ ।