इनरुवा । मुस्लिम धर्मगुरुहरुको प्रयासमा नेपाल ओलमा परिषद इनरुवा गठन गरेको छ । इनरुवा–२ मा एक कार्यक्रमकाबीच नेपाल ओलमा परिषदको मुस्लिम धर्म अनुसार विधिवत उद्घाटन गरेका हुन् ।
मुस्लिम धर्मगुरुहरु संगठित भएर मुस्लिम समुदायमा उत्पन्न भएका विकृति बिसंगतिहरुलाई न्युनीकरण गर्नका लागि नेपाल ओलमा परिषद गठन गरेको अध्यक्ष मौलाना अब्दुलाले बताए ।
परिषदले पहिलो चरणमा सुनसरी कार्यक्षेत्र बनाई मुस्लिम समुदायको गाउँ,टोल,वडा हुँदै पालिका स्तरमा जनचेतना फैलाई मुस्लिम धर्मगुरुहरुलाई जागरुकता ल्याउने अभियान सुरु गर्ने उनले बताए ।
र्धमगुरुहरुलाई संगठित गरेर मुस्लिम समाजलाई सुधारतर्फ अग्रसर हुने र मुस्लिम समुदायका समस्याहरुलाई समाधान गर्नका लागि परिषदले भुमिका निर्वाह गर्ने समेत उनले बताए ।
नेपाल ओलमा परिषदका सेराजुद्धिन फलाहीले समाज सुधार गर्नका लागि संस्थाको जन्म भएको बताए । परिषदले मुस्लिम धर्मगुरुहरुलाई प्रशिक्षण दिई समाज सुधार गर्नका लागि सुझाव सहित संकलन गर्ने उनले बताए ।
केही मुस्लिम युवाहरु गलत बाटोमा गइरहेकोले समयमा सुझाव सहित सचेत गराउने अभियान सुरु गर्ने समेत उनले बताए । फलाहीले परिषदको उद्घाटन भइसकेकोले समाज सुधार गर्ने प्रमुख लक्ष्य रहेको र सबैको प्रयास र पहलमा मुस्लिम समुदायका अगुवा व्यक्तिहरुसँग समन्वय र सहकार्य गरी योजना बनाई सकारात्मक सन्देश प्रवाह गर्नका लागि कार्यक्रमहरु तय हुने बताए ।
परिषदलाई राजनीति अड्डा बनाई कुनै पनि राजनीति गन्ध नआउने ठोकुवा गर्दै मुस्लिम नेताहरुसँग परामर्श र छलफल गरि अगामी ठोस योजना बनाई कार्यान्वयनतर्फ केन्द्रीत हुने समेत उनको भनाई छ ।
परिषदको उद्घाटन कार्यक्रममा सुनसरीका मुस्लिम धर्मगुरुहरु लगायत मुस्लिम अगुवा व्यक्तिहरुको सहभागितामा सम्पन्न भएको थियो ।