टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा मुक्तककार राधा सुवेदीको ‘युग फेरिन देउ’ मुक्तकसंङग्रह शनिवार विमोचन भएको छ । सिर्जनामा इनरुवाको १२ औं श्रृंखलाको कार्यक्रममा मुक्तककार राधा सुवेदीको ‘युग फेरिन देउ’ मुक्तकसंङग्रह विमोचन भएको हो ।
इनरुवामा आयोजित ‘युग फेरिन देउ’ मुक्तकसंङग्रहको लोकार्पण समारोह कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले साहित्यकारहरुको प्रेरणाले जीवन परिर्वतन गराउन मदत पुगेको बताए ।
समाजलाई परिर्वतन गराउन साहित्यकारहरुको भुमिका अपरिहार्य गरेको मन्त्री यादवले बताउँदै देशप्रेमप्रतिको आस्था र मायाले समाजसँगै मुलुक परिर्वतन गर्न साहित्य क्षेत्रको भुमिकालाई कदर गर्नुपर्ने उनले बताए ।
प्रदेश–१ को सामाजिक विकास मन्त्री यादवले भने,‘समाजमा आफनो दुःखबाट जति दुखित हुँदैन, त्यती अरुको सुख देखरे दुःखी हुने गरेकोे छ । सामाजिक र राजनीति क्षेत्रमा अनुभव गरेको कुरालाई आफनो धारणा व्यक्त गरेको छु । जनताको सेवामा सदैव समर्पित रहेको हुदाँ सबैको आर्शिवादले प्रदेश–१ को सामाजिक विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरेको छु । मन्त्री भएरपनि आफनो दिनचर्या र जीवनशैली परिर्वतन नगरी साधारण व्यक्ति जस्तै जीवन गजारेको छु र जनताको सेवामा दिनरात काम गर्दै आएको छु ।’
साहित्यको विकास हुन आवश्यक रहेको उनले बताए । विकास र समृद्धिका लागि साहित्य क्षेत्र आवश्यक रहेको उनले बताउँदै सामाजिक विकृति र बिसंगतिलाई साहित्यको माध्यमबाट न्युनीकरणका गर्नका लागि कलम चलाई राख्न साहित्यकारहरुलाई अनुरोध गरे ।
समाज परिर्वतनका लागि हामीबाटै सुरुवात गर्न आवश्यक रहेको छ उनले भने, ‘हामी बिलासीता जीवन नविताई समाज परिर्वतन गर्नका लागि आजदेखी प्रण गर्नुपर्छ । आ–आफनो प्रतिभाहरु कृति माफर्त समाज सुधारका लागि अग्रसर हुनुपर्छ । यो मुलुक पुरुषप्रधान देशमा राधा सुवेदीको प्रयासले महिला सशक्तिकरणको ठुलो अभियानको रुपमा नमुना भएको छ । महिला शक्ति
अगाडी आउन सके समाज र देश विकासमा चाँडै अगाडी बढ्ने विश्वास लिएको छु ।’
मन्त्री यादवले मुक्तककार सुवेदीको प्रोत्साहनका लागि १० थान पुस्तक मञ्चबाटै खरिद गरेका थिए भने उनले आफनो पार्टी कार्यालयको पुस्तकालयमा राख्ने बताए । सोही कार्यक्रममा विषेश अथिति साहित्यकार दधिराज सुवेदीले समेत साहित्य क्षेत्रमा लागेकाहरुले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
वहाँले लेखक बन्नका लागि मात्रै लेख्ने भन्दा निरन्तर रुपमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र मौलिकतालाई उजागर गनुपर्ने बताउनुभयो । त्यसैगरी साहित्यकार विवश पोखरेलले साहित्यमा पठन संस्कृति हराउदै गएकाले त्यसमा विद्यालयस्तरबाटै नै पठक संस्कृतिको वकालत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, रमेन्द्र कोईराला, छविनाथ रिजाल, लिलानाथ सिलवाल, जिवनाथ पोखरेल सहितकाले ‘युग फेरिन देउ’ मुक्तकसंङग्रहको बारेमा धारणा व्यक्त गरेका थिए ।












