इनरुवा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इनरुवा इकाईको सोमबार कार्य समिति पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ ।
उक्त निर्वाचनबाट अध्यक्ष पदमा लक्ष्मीप्रसाद पोखरेल ३ सय ३ मत पाई विजयी भएका छन भने उनका प्रतिद्वन्द्व रिषिराम सुवेदीले ७४ मत ल्याएका थिए । यसैगरी उपाध्यक्ष पदमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो जसमा श्याम रायले १ सय ४५ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सचिव पदमा रेवतीरमण पौडेल (कुमार) २०९ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी विश्व ढुंगानाले सम्मानजनक १७१ मत पाएका थिए ।
यसैगरी सहसचिव पदमा राम नारायण महेता विजयी भएका छन् । उनले १७३ मत ल्याई विजयी भएका हुन । यस्तै प्रताम भट्टराई १९८ मत ल्याई कोषाध्यक्ष पदमा निर्वाचित भएका छन भने सहकोषाध्यक्ष पदमा अर्जुन दाहाल निर्विरोध चुनिएका छन् ।
यसैगरी कार्यसमितिका निर्वाचित ७ सदस्यमा लक्ष्मी चौधरी (भान्जी) ३२५, चेवन भट्टराई २५६, पिताम्बर ढुंगाना २४६, राजकिशोर मेहता २७१, चेवन (चन्द्रहरी) २४५, सुनिल बराल (साने) २४४ र सम्भु राईले २४४ मत पाएका थिए । ४०० लेखापढी मतदाताहरुमध्ये ३ सय ८७ जनाले मतदान गरेका थिए भने १३ जना अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ ।