Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसमा गुट होइन एकताबाट अगाडी बढौं : नेता कोइराला

गृह जिल्लामा ढुंगाना र चौधरीलाई भब्य स्वागत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसमा गुट होइन एकताबाट अगाडी बढौं : नेता कोइराला
75
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले गुट–उपगुट त्यागेर एकताबाट पार्टीको संगठनलाई अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनमा आ–आफना प्यानलबाट स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्वमा आएकाले पार्टीको संगठनलाई बलियो बनाउनका लागि गुटलाई छाडेर एकताबाट अगाडी बढनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।

गुटलाई पछाडि राखेर एकताबाट पार्टीको संगठनलाई मजबुत बनाउँदै आउँदो स्थानीय, प्रदेश र संघीयको निर्वाचनमा एक ढिक्का भएर कांग्रेसका उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी सबैको काँधमा आएकोले मनमुटाव नगरी सहमति,सहकार्य र एकताबाट अगाडी बढ्नुपर्ने उनले बताए ।

सुनसरी जिल्लाबाट चारजना केन्द्रीय सदस्यमा निर्वाचित भएकाले सुनसरीले इतिहास रचेको उनले बताउँदै सुनसरीको विकास निर्माणको कार्यसँगै पार्टीको सवालमा एकजुट भएर लागिपर्ने बताए । केन्द्रीय सदस्य कोइरालाले वडादेखी माथिल्लोसम्म एक भएर एकताको मुलमन्त्रलाई अंगालेर अगाडी बढ्नुपर्ने उनले बताउँदै आगामी दिनमा सबैजना सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सफल हुन सकेनौ भने यसअघिका दुई तिहाईका कम्युनिष्टका सरकारले मुलुकको कुन दुर्गति ग¥यो । त्याग र बलिदानबाट आएको संविधानलाई कम्युनिष्टका सरकारले कुल्चिने काम गरेको र मानव अधिकार तथा प्रजातन्त्र मुल्य मान्यतालाई विरुद्ध चलेको कुरालाई स्मरण गर्दै नेता कोइरालाले एकजुको विकल्प नभएको समेत उनले बताए ।

वडाका सभापतिदेखी जिल्लाका नेतृत्वकर्ताहरुले लचकता अपनाएर कांग्रेसको संगठनलाई बलियो बनाउन भुमिका निर्वाह गर्न नेता कोइरालाले अनुरोध समेत गरे । केन्द्रीय सदस्यमा निर्वाचित राजीव ढुंगाना र कल्पना चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना उनले व्यक्त गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय राजीव ढुंगानाले गृह जिल्लामा स्वागत तथा सम्मानले काम गर्ने उर्जा थपिएको बताए । सुनसरीबासीको उर्जा र होसलाले पार्टीको संगठनलाई अझै उचाईमा पुर्याउन भुमिका निर्वाह गर्ने उनले बताए । स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य ढुंगानाले सुनसरीको १२ वर्टै स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सकेमात्र सुनसरीबाट चारजना केन्द्रीय सदस्यमा निर्वाचित भएको सार्थकता पाउने बताए ।

पार्टीको लागि दिनरात नभनिकन अहोरात्र खटने प्रतिवद्धता व्यक्त गर्दै उनले आगामी निर्वाचनमा केन्द्रीत भएर जिताउनेतर्फ एकजुट भएर लाग्ने बताए । एकतासँगै एकजुट भएर अगाडी बढेमात्र कांग्रेसले बिजयी बनाउने सफल हुने विश्वास व्यक्त गर्दै उनले भने,‘कांग्रेसको १४ औं महाधिवेशनमा कसले कसलाई भोट हाल्यो त्यो नहेरीकन, तेरो मेरो नगरीकन हिजोका चुनावका तिता मिठा कुरालाई बिर्सेर सम्रग कांग्रेस एक भएको सन्देश दिन सबै लाग्नुपर्छ । कांग्रेसका नेतृत्वमा आएका नेताहरु लामो समयसम्म संगठनका लागि काम गर्ने अनुभवी व्यक्तिहरु आएकोले सबैलाई मजबुत बनाउनेतर्फ एक ढिक्का हुन आवश्यक छ ।’

त्यसैगरी नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य कल्पना चौधरीले सुनसरी सहित मुलुकभरका मतदाताहरुको मतलाई कदर गर्दै पार्टीप्रति वफदार बनी कांग्रेसलाई बलियो बनाउने काममा अग्रसर हुने बताईन् । सुनसरीबासीको अपरम्पार माया र स्नेह पाउँदा आफु हर्षित भएको केन्द्रीय सदस्य चौधरीले बताईन् ।

उनका अनुसार यस अघिको कार्यसमितिको सदस्यमा मनोनित भएको थिए तर आज खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित भएको मज्जा नै बेग्लै भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी पाएको हुदाँ कांग्रेसको संगठनलाई उचाईमा पुर्याउन काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन् । मुलुकमा महिलाहरुको सवाललाई पार्टीमा आवाज उठाउने र महिला नेतृ बनाउनका लागि सक्षम महिलाहरुलाई कांग्रेसको राजनीतिमा ल्याउने भुमिका निर्वाह गर्न दायित्वलाई पुरा गर्ने समेत उनले बताईन् ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सिताराम मेहताले बधाई तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्दै सुनसरीबाट चारजना केन्द्रीय सदस्यमा निर्वाचितले सुनसरी जिल्ला आफनो खुट्टामा उभिएको बताए । सुनसरी जिल्ला विगतका दिनमा अरुको आशा र भरोसामा बाँचको जिल्लाले चारजना निर्वाचित केन्द्रीय सदस्य पाउँदा गर्वको कुरा भएको उनले बताए । केन्द्रीय उपसभापति पदमा बिजय कुमार गच्छदारले २ मतले पराजित भएकोप्रति दुःख व्यक्त गर्दै नेता मेहताले चारजनाको आगमनले उपलब्धीहरु प्राप्त भएको उनले बताए ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले चारजना सुनसरीबाट केन्द्रीय सदस्यमा निर्वाचित गराउन सफल भएको बताए । सुनसरीबाट चारजना केन्द्रीय सदस्य पाउनु नै सुनसरीबासीको लागि गर्वको कुरा भएको उनले बताए । सुनसरी जिल्लाबाट केन्द्रीय तहमा नेतृत्व गर्न पछाडि परेको बेला कांग्रेसको १४ औं महाधिवेशनबाट सुनसरीले नयाँ युवा नेतृत्वलाई चयन गराउन सफल भएकोले शुभ संकेत प्रारम्भ भएको उनले बताए । सुनसरीले केन्द्रीय सदस्यमा निर्वाचित भएका युवाहरुले देशभर पहिचान झल्काएकोप्रति सुनसरी कांग्रेसले उनीहरुलाई स्वागत तथा सम्मान गरेको उनले बताए ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य राजीव ढुंगाना र कल्पना चौधरीलाई आफनै गृह जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत तथा सम्मान गरेका छन् । केन्द्रीय सदस्यमा उनीहरु निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला सुनसरी आगमन भएपछि बिराटनगर एयरपोर्टदेखी कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीसम्म भब्य स्वागत तथा सम्मान गरिएको नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले जनाएको छ ।

Share30Tweet19SendScan
Previous Post

इनरुवा लेखापढीको अध्यक्षमा पोखरेल निर्वाचित

Next Post

सुनसरीको लौकहीबाट हतियार सहित दुई भारतीय युवा पक्राउ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरीको लौकहीबाट हतियार सहित दुई भारतीय युवा पक्राउ

सुनसरीको लौकहीबाट हतियार सहित दुई भारतीय युवा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In