इनरुवा । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इतेहाद संगठनको बृहत विस्तारित बैठक बुधवार सम्पन्न भएको छ । नेपाल मुस्लिम इतेहाद सुनसरी जिल्ला कार्य समितिको वृहत् विस्तारित बैठकले नव जिल्ला कार्य समिति,प्रदेश कार्य समित र केन्द्रीय कार्य समितिलाई सम्मान समेत गरिएको छ ।
मुस्लिम धर्मको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले जोड दिदै मुस्लिम समुदायको हक अधिकार प्राप्तिका लागि नेकपा एमाले आवाज उठाईरहेको एमालेका नेताहरुले बताएका छन् । मुस्लिमको अधिकारका सुनिश्चितताका लागि नेकपा एमाले सदैव तयार रहेकोले आगामी दिनमा पनि मजबुत बनाउन नेकपा एमाले भूमिका निर्वाह गर्ने नेकपा एमाले सुनसरीले जनाएको छ ।
नेपाल मुस्लिम इतेहाद संगठनको आयोजनामा भएको विस्तारित बैठकमा मुस्लिम महिलाहरुको अधिकार सुनिश्चितता गर्न, मुस्लिम धर्मको उर्दु भाषा र मदर्सा वोर्ड,र विधालय जस्तै मदरसामा पनि राज्यको सेवा सुविधा पुगाउनका लागि नेकपा एमाले तयार रहेको बैठकमा सहभागि नेताहरुले जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व १ नं प्रदेश पर्यटन तथा वन उधोग मन्त्री जगदिश कुसियैत,विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य पोष्ट नेपाल,तैयब हुसेन,मन्जु भण्डारी,नेपाल मुस्लिम इतिहाद संगठन केन्द्रीय सदस्य अफाक आलम,अविद आलम,केन्द्रीय लेखा संयोजक डिएन साह संकर,अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला संयोजक खेमराज पोखरेल,रेवति रमन भण्डारी,रमजान अलि,जिल्ला सचिव पशुराम यादव लगायत सयौं मुस्लिम कार्यकर्ता र नेपाल मुस्लिम इतिहाद संगठन सुनसरी जिल्ला संयोजक लस्करी अन्सारीको अध्यक्षतामा बृहत् विस्तारित वैठकमासम्पन्न भएको छ ।












