Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १७, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
श्री जय भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
123
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित रहेको श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा हरिनगर माध्यमिक विधालय हरिनगरामा सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सहकारीको विकासमा महिलाहरुको भुमिका अपरिहार्य रहेको बताएकी छिन् ।

पालिका उपाध्यक्ष भगतले साधारण सभा कार्यक्रमलाई दीप प्रज्वलन र कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्दै हरिनगर गाउँपालिका–४ मा महिलाहरुको बचत गर्ने बानी विकास भएसँगै सहकारीको विकास गर्नतर्फ ध्यान गएकोले सहकारीहरु नमुना बन्दै गएको बताएकी हुन् ।

साधारण सभाको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै पालिका उपाध्यक्ष भगतले महिलाहरुको सहभागिता र सहकारीमा पुरुष भन्दा बढी बचत गर्ने बानी महिलाहरुको रहेको हुदाँ यस सहकारीले प्रगतिको बाटोमा फड्को मारेको बताईन् ।

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनगर–४ ले सहकारीको अवधारणा ल्याएर महिलासँगै पुरुषहरुलाई एक ठाउँमा जोड्न मदत पुर्याएको उनले बताईन् । हरिनगर–४ को पुरानो सहकारी भएकोले २५ वटा कुर्सी व्यक्तिगततर्फ अनुदान गर्ने घोषणा समेत उनले गरेकी छिन् ।

कार्यक्रमका विशिष्ट अतिथि हरिनगर–४ का वडाध्यक्ष सुदिलाल मेहताले सहकारी शिक्षातर्फ जोड दिनुपर्ने बताए । सहकारीमा आवद्ध भएका व्यक्तिहरुलाई प्रशिक्षण दिनुपर्ने र आवश्यकता अनुसार समय समयमा सहकारीको उद्देश्यमाथि प्रकाश पार्नका लागि श्री जय भवानीले भुमिका खेल्नुपर्ने बताए ।

सहकारीको विकास हरिनगरमा भएपनि आर्थिक लाभको मुल्यांकन गर्न आवश्यक रहेको समेत उनले बताए । वडाध्यक्ष मेहताले सहकारीको विकासले हरिनगर–४ लाई समेत मदत पुगेको बताउँदै आर्थिक लाभ, बचत र पुँजीको बारेमा सबै शेयरसदस्यहरुले सहकारीको शिक्षामार्फत अगाडी बढ्नुपर्ने बताए ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरी–४ प्रदेश (ख) का उपसभापति शिवहरी श्रेष्ठले सबैको माया र स्नेहका कारण श्री जय भवानी १५ औं साधारण सभा मनाउन सफल भएको बताए । सहकारीले सबैलाई एकजुट गरेर अगाडी बढेको हुदाँ कुनै पनि हिनामिना नगरी पारदर्शि ढङ्गबाट अगाडी बढेको उनले बताए । श्री जय भवानीले सबैको होसला पाएर लामो समयदेखी काम गर्दै आएकोले सबैको मन र मस्तिष्कमा बस्न सफल भएको उनले बताउँदै आगामी दिनमा पनि सबैको माया, प्रेम र स्नेह सहकारीको विकासमा सहयोग पुग्ने उनले बताए ।

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनगर–४ का अध्यक्ष खेलानन्द लाल देवले प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष देवले आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय प्रस्तुत गर्दै ऋण प्रवाहबाट प्राप्त व्याज रकम १७ लाख १८ हजार ३५६ लगानीबाट प्राप्त व्याज रकम ५८ हजार ७४२ रुपैयाँ र अन्य आम्दानीबाट प्राप्त एक लाख ५३ हजार ६६० गरि कुल आम्दानी रकम १९ लाख ३० हजार ७५८ भएको जानकारी गराएका थिए ।

त्यसैगरी कर्मचारी पारिश्रमिक रकम ३ लाख ६६ हजार ९६०, व्याज खर्च रकम ८ लाख १७ हजार ८५७ एवं वितिय सबै संचालन खर्च ३ लाख ९६ हजार १८० रुपैयाँ गरि कुल खर्च १५ लाख ८० हजार ९९७ रुपैयाँमा कट्टा गरि खुद मुनाफा ३ लाख ४९ हजार ७६१ रुपैयाँ ५२ पैसा भएको संस्थाका अध्यक्ष खेलानन्द लाल देवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाको १५ औं साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्तातर्फ हरिनगर–३ गौतमपुरका सन्तोष कुमार मेहता र उत्कृष्ट ऋणतर्फ हरिनगर–४ का धिरज कुमार देवलाई सम्मान समेत गरिएको थियो ।

संस्थाका उपाध्यक्ष शिवकुमार मेहताले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन सुनिल कुमार साहले गरेका थिए । त्यसैगरी लेखा संयोजक सुर्यनारायण यादवले समेत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रका पुर्व इन्चार्ज माधवलाल देव, जिल्ला सहकारी संघ सुनसरीका सचिव नविन कुमार पाल लगायतकाले श्री जय भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पुर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share49Tweet31SendScan
Previous Post

औलिया बाबा सहकारीको १२ औं साधरण सभा

Next Post

नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In