चतरा । सुनसरीको वराहक्षेत्र – २ वरयरवमा रहेको औलिया बाबा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औ बार्षिक साधरण सभा सम्पन्न गरेको छ । २०६६ सालमा स्थापना भएको सहकारीले शनिबार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा साधरण सभा सम्पन्न गरेको थियो ।
औलिया मठ वोलबम धर्मशाला सम्पन्न साधरण सभामा संस्थाका अध्यक्ष रमेश कुमार बिष्टले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेका थिए । भन्ने लेखा समिति संयोजक शान्तिराम खतिवडाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
हाल सहकारीको ४ सय ६१ जना शेयर सदस्य र ५७ लाख ३७ हजार ६ सय शेयर पुंजि रहेको अध्यक्ष रमेशकुमार बिष्टले बताए । बिष्टका अनुसार यस बर्ष सहकारीले २ लाख ४५ हजार ७ सय १० रुपैया १ पैसा नाफा कमाएको छ । संस्थाले शेयर सदस्यलाई बढाएर समाजिक काममा सहकारीले सेवा पुराउने योजना बनाएको बिष्टले बताए । एकम महिलाहरुलाई सीप मुलक तालिम , मौसमी र सामुहिक ऋण प्रवाह समेत सहकारीले गर्ने प्रतिबद्धता समेत बिष्टले गरेका छन् ।
सहकारीका अध्यक्ष बिष्टको सभाध्यक्षतामा सम्पन्न साधरण सभामा वराहक्षेत्र नगरपालिकाका आर्थिक साखाका अधिकृत मातृका तिवारी प्रमुख अतिथि रहेका थिए । साधरण सभामा स्वागत भाषण सहकारीका उपध्यक्ष दिपेशजंग बस्नेतले गरेका थिए । कार्यक्रममा सहकारीकि सल्लाहकार सीता भण्डारी पौडेल , हरिकृष्ण भट्टराई , डम्बरप्रसाद सिग्देल , ओमकुमार शर्मा र आदर्श माबिका शिक्षक भेषराज घिमिरेले सहकारीको प्रगतीको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन सहकारीका सचिब कृष्ण कटेलले गरेका थिए ।