नसिम अन्सारी
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा ६ र ७ घुस्की बजारमा बजार व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुले सरसफाई गरेको छ ।
हरिनगरको घुस्की बजार व्यवस्थापन समितिकोे आयोजना र हरिनगर–६ नम्बर वडा कार्यालय घुस्कीको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
आइतबार आयोजिक सरसफाइ कार्यक्रममा बजार व्यवस्थापन कार्यसमिति, स्थानीयवासी र सरोकारवालाहरुले घुस्की बजारमा सरसफाई गरेका हुन ।
हरिनगर– घुस्की ६ को पपुलर हार्डवेयर देखि हेलाल पब्लिक स्कुलसम्म त्यसैगरी बजारको मुख्य चौकदेखि वडा नम्बर ७ को वडा कार्यालयसम्म घुस्की बजार क्षेत्रमा सावेल, कोदालो र झाडुले फोहोर संकलन गरेर स्थानीय सरोकारवालाहरुले सरसफाइ गरेका थिए ।
कार्यक्रमका प्रमुख आतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, हरिनगर– ६ का वडा अध्यक्ष इस्राईल अन्सारी, हरिनगर–७ का वडा अध्यक्ष नसीर खाँ,सशस्त्र प्रहरी बल घुस्कीका प्रहरी निरीक्षक रुपक नापित, प्रहरी चौकी घुस्कीका प्रमुख पदम खड्का, स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मी सहितको टोलिले बजार सरसफाइ गरेका हुन् ।
सरसफाई घुस्की बजार व्यवस्थापन समितिका अध्यक्ष जाहगीर अन्सारीको अध्यक्षतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो ।
बजार सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले स्वास्थ रहनका लागि सरसफाइ अनिवार्य भएकोले आ–आफ्नो स्थानबाट स्वच्छ वातावरण बनाउनका लागि योगदान दिन सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा हरिनगर–५ का वडा सदस्य अताबुल अन्सारी, वडा नम्बर ६ का वडा सदस्य दाउद अन्सारी, बजार व्यवस्थापन समितिका सदस्य डा.मुक्तार अहमद ,सल्लाहकार सदरुल अन्सारी,सह–सचिव इस्राफील अन्सारी, कोषाध्यक्ष ईशा अन्सारी, संचारकर्मी लगायतको समेत सहभागिता रहेको थियो ।