इनरुवा । सुनसरीको इनरुवामा खाद्य उद्योग÷व्यवसायहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि आइतवार सम्पन्न् भएको छ ।
उद्योग वाणिज्य संघ इनरुवाको सभा हलमा खाद्य उद्योग÷व्यवसायहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर अविवृद्धी सम्वन्धि गोष्ठि सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले पालिकाबाट समय समयमा बजार अनुगमनलाई निरन्तरता दिएको बताईन् । अन्य सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि आगामी दिनमा बजार अनुमगनसँगै कार्वाही प्रक्रियालाई कडा रुप दिने समेत उनले बताईन् ।
इनरुवाका व्यापारीहरुले पनि उपभोक्ताहरुलाई नठगी गुणस्तर समानहरु बिक्री वितरण गर्न आग्रह समेत गरेकी थिईन् । ब्यापारीहरुलाई बजार अनुगमनमा सहयोग गर्न समेत उनले अनुरोध गर्दै उपभोक्ताहरुको पिर मार्का बुझी तोकेको मुल्य भन्दा बढी नलिनका समेत आग्रह गरेकी छिन् ।
कार्यक्रममा इनरुवाका व्यापारिहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरको बारेमा खाद्य प्रविधी गुण नियन्त्रण कार्यलय विराटनगर प्रमुख राजकुमार रिजालले प्रशिक्षण दिएका थिए ।
रिजालले कुन वस्तु प्रयोग गर्ने र कुन वस्तु प्रयोग नगर्ने ? बारेमा जानकारी गराउँदै राज्यले रोक लगाएको वस्तु उपभोत्ताहरुलाई बिक्री वितरण गरेको पाइएमा राज्यले तोकेको सजाय भोग्नुपर्ने कार्यक्रममा सहभागी भएका व्यापारीहरुलाई जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण्दा नियन्त्रण डिभिजन कार्यालय सुनसरी आयोजनामा र उद्योग वाणिज्य संघ इनरुवाको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल,विशिष्ट अतिथी खाद्य प्रविधी गुण नियन्त्रण कार्यलय विराटनगर प्रमुख राजकुमार रिजालको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिराज अटलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।