सुकदेब चौधरी
सुनसरी । थारु समुदायको माघी पर्वलाई लक्षित गरी थारु कला संस्कृति समेटिएर माघि गित निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माग १ गते पर्ने माघी पर्वमा थारु समुदायले आफ्नो जातिय पहिचान झलकाउने किसिमका भुजाको लडु, तिलको लडु, कुल देवता पुजा, गाउँ घरमा लगाउने पहिरन लगायतका सांस्कृतिक झल्कीने किसिमका विषय बस्तुहरु समेटिएर एलै माघि रे गितको माध्यमबाट देख्न सुन्न सकिने जनाएको छ । मेगा डिजिटल रेकर्डिङ्गको प्रोडक्सन तथा रचना शब्द संगित कुलदिप चौधरी रहेको एलै माघि रे बोलको गितमा स्वर अनु चौधरी र कुलदिप चौधरीको रहेको जनाइएको छ । उक्त गितको सुनसरी लगायत आसपासको विभिन्न क्षेत्रमा छायांकन गरी रहेको छ भने गितमा मोडेलको रुपमा महेश कुमार चौधरी, विनोद चौधरी, उमेश चौधरी, ममता चौधरी, दिपिका चौधरी र सुरभी खाँ रहेको छ ।
गितको कोरियो ग्रार्फी दर्पी सरदारले गरि रहेको छ भने मेकप म्याद अवध नारायण राजबंशी तथा क्यामेरामा हेमन योजन र राजबाबु विश्वासले गरी रहेको आयोजकले जनाएको छ ।