Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २०, २०७८
in स्वास्थ्य
किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?
48
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्‍यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो।

अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।

टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।

कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’

कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्।

उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।

उनले भनिन्, ‘मानिसको मुख सफा र स्वस्थ नहुँदा नै विभिन्न रोगको सुरूआत हुन्छ। स्वस्थ खाना खाएको छ तर किरा लागेको दाँतले उक्त खाना चपाएको छ भने त्यो रोगरहित छ भन्न सकिँदैन।’

अन्य रोगका चिकित्सककहाँ पुग्दा आधा रोग निको भएको अनुभूति गर्ने बिरामी दाँतको डाक्टरसँग भने डराउँछन्। किनभने, दाँतको समस्या निकै पीडादायी रोग हो। यसलाई अन्य रोगको तुलनामा महँगो रोगका रूपमा पनि लिइन्छ।

‘ठूला मानिस नै दाँतको समस्या खप्न नसकेपछि डेन्टिष्टकहाँ पुग्छन् भने बालबालिकाको त कुरै छाडौं,’ थापाले भनिन्, ‘अहिलेसम्म मेरो बच्चाको दाँत हल्का कालो भयो भनेर मकहाँ कुनै अभिभावक आएका छैनन्।’ समस्या अन्तिम अवस्थामा पुगेपछि मात्रै आफूकहाँ उपचारका लागि आउने गरेको उनको भनाइ छ।

किन बिग्रिन्छ बालबालिकाको दाँत? 
दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।

थापाका अनुसार जंक फुड या गुलिया चकलेट लामो समयसम्म दाँतमा अड्कन्छ। यसले तुरुन्तै दाँतमा अड्केका जंक फुडका टुक्रालाई एसिडमा परिणत गर्छ र दाँत गलाउन सुरू गर्छ।

सूर्या थापा, दन्त चिकित्सक
दूधे बालबालिकाको दाँतसमेत खराब भइरहेकोबारे उनले भनिन्, ‘कतिपय बच्चालाई बोतलमा राखिएको दूध चुसाएर या आमाले स्तनपान गराएरै सुताउने चलन छ, यो बच्चाको दाँतका लागि हानिकारक छ। यसलाई मेडिकल भाषामा ‘अर्ली चाइल्डहुड क्यारिज वा नर्सिङ बोतल क्यारिज’ भनिन्छ।’

थापाका अनुसार पहिलो चरणमा आएका दाँत बिग्रिए पनि अभिभावकले अर्को दाँत राम्रो आउने आशामा उपचार गराउँदैनन्। बालबालिकाको दाँत खराब हुनुमा यसले पनि भूमिका खेल्छ।

बालबालिकाको दाँत पहिलो चरणमा खराब बनेको छ भने नयाँ दाँत पलाउने समय नहुँदै झर्न थाल्छ। दन्त चिकित्सक थापाले भनिन्, ‘यसरी नयाँ आउनेभन्दा पहिले नै झर्दा पछि आउने दाँतले बाटो पहिल्याउन सक्दैन। जसले गर्दा नयाँ दाँत आउँदा बाङ्गो-टेडो बनेर आउने, खप्टिने या फिट्टा भएर आउने हुन्छ।’

आजभोलि अधिकांश स्कूल पढ्ने बालबालिकाका दाँत तारले बाँधेको भेटिनुको कारण दूधे दाँतलाई हेलचेक्र्याइँ गर्दाको परिणाम भएको उनले बताइन्। यसबाहेक वंशाणुगत कारणले पनि दाँत खराब बन्छ। कतिपय अवस्थामा बालबालिकाको दाँत नियमितरूपमा ब्रसिङ र फ्ल्सिङको अभावमा पनि खराब बन्नसक्छ।

कसरी जोगाउने त?
दन्त चिकित्सक थापा यसको सबैभन्दा गतिलो उपाय बालबालिकालाई गुलियो र जंक फुडबाट टाढा राख्नुपर्ने बताउँछिन्। ‘दिनमा तपाईंको बच्चाले एक/एक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै दिने गर्नुहोस्। बच्चाले जंक फुड या गुलियो खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने या ब्रस गर्ने बानी बसाल्नुहोस्,’ उनले भनिन्।

दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

गुलियो खानेकुरा बालबालिकालाई मात्रै हैन, ठूला मानिसलाई समेत मनपर्छ। ‘यसको गतिलो उपाय भनेको खाना खाइसकेपछि डिजर्डको रूपमा गुलिया खानेकुराको प्रयोग गर्नु हो,’ उनले भनिन्, ‘खाना खाइसकेपछि गुलिया खानेकुरा खान्छन्, अनि दाँत माझ्छन्, यसले दाँतमा कुनै समस्या पुर्‍याउँदैन।’

बालबालिकाको दाँत छ महिनामा एकपटक दन्त चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। तर, समस्या जटिल बनेपछि मात्रै आउने गरेको थापाले बताइन्।

‘दूधे बालबालिका जसको एक/दुई वटा मात्रै दाँत आएका छन्, उनीहरूलाई सुताउनुअघि नरम कपडा र पानीले सफा गरिदिनुपर्छ। दाँत सफा भइसकेपछि दूध खुवाउनु हुँदैन,’ थापाले भनिन्, ‘यदि बच्चाको दूध चुसेर मात्रै निदाउने बानी छ भने बोतलमा पानी दिन सकिन्छ। यसले बच्चाको दाँतलाई फाइदा गर्छ।’

बालबालिकाको दाँत स्वस्थ राख्ने अर्को उपाय भनेको बिहान, बेलुकी अनिवार्य ब्रस गर्नु हो। थापा भन्छिन्, ‘बालबालिकाको दाँत माझ्नका लागि मञ्जन र ब्रस छुट्टै पाइन्छ। चिकित्सकको सल्लाहमा त्यस्ता ब्रस र मञ्जन दिन सकिन्छ।’

बालबालिकालाई बदाम, काजुजस्ता खानेकुरा खुवाउँदा दाँतका लागि पनि फाइदाजनक हुने उनले बताइन्। ‘यदि तपाईंको बच्चाले थुक्न जान्ने भएको छ भने सुगर फ्रि चुइगम दिन सकिन्छ, यसले दाँतलाई फाइदा गर्छ,’ उनले भनिन्।

दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

श्रोतः swasthyakhabar.com

Share19Tweet12SendScan
Previous Post

थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी

Next Post

भोक्राहा नरसिंहमा दाइजो प्रथा र बालविवाह सम्वन्धी कार्यक्रम

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
भोक्राहा नरसिंहमा दाइजो प्रथा र बालविवाह सम्वन्धी कार्यक्रम

भोक्राहा नरसिंहमा दाइजो प्रथा र बालविवाह सम्वन्धी कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In