लौकही । सुनसरीको कोशी गाउँपालीकाको आयोजनामा उपभोक्ता सचेतिकरण तथा बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीकाकि उपाध्यक्ष तथा बजार अनुगमन समितिकि संयोजक अनिता यादवको अध्यक्षतामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी गाउँपालीका क्षेत्रका विभिन्न स्थानमा ठेलामा व्यवसाय गर्नेदेखि लिएर होटल संचालकहरु,उद्योग वाणिज्य संघ कोसीका प्रतिनिधि,उपभोक्ताहरुलगायत सरोकारवालाहरुको सहभागिता रहेकोे थियो । उक्त कार्यक्रमका सहभागीहरुलाई खाद्य प्रविधि कार्यालय बिराटनगरका खाद्य प्रविधि अधिकृत काशीराम घिमिरेले व्यवसाय संचालन गर्दा व्यक्तिगतसँगै पसलको सरसफाइ,बजारमा अखाद्य वस्तु बिक्रीवितरणको अवस्था,त्यसबाट भावी दिनमा पर्नसक्ने जोखिम,बच्न सकिने उपाय,अपनाउनुपर्ने सावधानी लगायतका बारे सहजीकरण गरेका थिए ।
केही महिना अगाडि कोसी गाउँपालीकले गरेको बजार अनुगमनका क्रममा कोशी गाउँपालीका क्षेत्रमा संचालनमा रहेका पसलहरु गैरकानुनी रूपमा संचालनमा रहेको पाइएको थियो । बजार अनुगमनका क्रममा संचालन रहेका अधिकांश पसलहरुमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानुनी रूपमा अव्यवस्थित तरिकाले संचालनमा रहेको पाइएको हुँदा त्यस्तालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको कोसी गाउँपालीका समाजिक शाखा प्रमुख राजकिशोर मेहताले बताए ।
कोशी क्षेत्रका विभिन्न ३० पसलहरुमा अनुगमनका गरिएकोमा अधिकांश दर्ता बिना नै संचालनमा रहेको पाइएकाले ति पसल संचालकहरुलाई पसल कानुनी रूपमा दर्ता गरी व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष अनिता यादवले बताइन् ।