Wednesday, April 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले सुनसरीको ७ औं अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्छ : लोकेश निरौला
117
SHARES
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन पुस २३ र २४ गते सुनसरीको इनरुवामा सम्पन्न हुन गइरहेको छ । ७ औं जिल्ला अधिवेशनलाई भब्य र सब्य बनाउनका लागि तयारी पुरा भइसकेको छ । इनरुवाको बिभिन्न ठाउँमा गेटहरुले सजाइएको छ र इनरुवाको जेल्डफिल्डमा हुन गइरहेको नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनलाई व्यवस्थित गरि भब्य र सब्य बनाई एकताबद्धबाट नेकपा एमाले निर्माणका लागि अभियानलाई तिब्र बनाइएको छ । नेकपा एमाले सुनसरीका उपसचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक लोकेश निरौलासँग ७ औं अधिवेशनका सन्दर्भमा पत्रकार टोमराज मेहताले गरेको कुराकानीको सारसांक्षेप ।

१. नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको तयारी कस्तो भइरहेको छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्माले भर्चुअलबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । छोटो समयमा नेकपा एमाले अधिवेशनका बिभिन्न उपसमिति बनाएर कामलाई अन्तिम चरणमा पुगाएका छौं । प्रचार समितिको म आफै संयोजकको जिम्मेवारी पाएको छु । अधिवेशनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेकाले ७ औं जिल्ला अधिवेशनलाई भब्य र सब्य बनाउने प्रयासमा छु । छोटो समयमा अधिवेशनलाई ऐतिहासिक, भब्य र सब्य बनाउन लागि परेको छु । अधिवेशनको तयारी पुरा भएकोले अधिवेशनको उद्घाटन सत्रमा सुनसरीबासी, नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्न आतुर रहेको छु ।

२. नेकपा एमाले अधिवेशनले नेतृत्व कसरी चुन्ने छ ?
अधिवेशन र सम्मेलन भन्नाले नेतृत्व चयन गर्ने सन्दर्भमा मात्र छलफल हुने गरेको छ । नेकपा एमाले सुनसरीले गरेका गतिविधिहरुको समीक्षा, नीती तथा कार्यक्रम, भोलीका दिनमा कसरी अगाडी बढ्छौ लगायतको बिषयमा छलफल गर्छौ । नेतृत्वको सवाल उद्घाटन सत्र सकिएपछि कुरा गर्छौ । पुस २३ गते शुक्रवार नै राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदन सकेसम्म प्रस्तुत गर्छौं । पुस २४ गते शनिवार बिभिन्न समिति र उपसमिति बनाएर प्रतिवेदन माथि छलफल गर्छौ । शनिवार नै सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयास गर्छौ । सुनसरीमा ऐतिहासिक र सब्य ढंगबाट सम्पन्न गराउने योजना छ । नेकपा एमाले एकताढंगबाट अगाडी बढ्ने विश्वास लिएको छु । सर्वसम्मतबाट नेतृत्व चयन गर्नका लागि सबैलाई स्वीकार्य हुने गरि र सबै नेता तथा कार्यकर्ताहरुलाई व्यवस्थित गरि सबै समुदाय, जात, धर्म र लिङ्गको समावेश गरेर सुनसरी एमाले कार्यसमिति बन्ने छ ।

३. नेकपा एमाले सुनसरीमा सर्वसम्मत होला त ? कस्तो लाग्छ तपाईलाई ?
हेर्नुस नेकपा सुनसरीको ७ औं जिल्ला अधिवेशन ऐतिहासि अधिवेशन हो । त्यसैले हामी नेतृत्वमा सर्वसम्मत चयन गर्ने प्रयास गर्छु । अधिवेशनले एकताको सन्देश दिन खोजेको हुनाले नेतृत्व चयन सर्वसम्मतबाट हुन भन्ने कुरामा म ढुक्क छु । हाम्रो प्रयत्न सर्वसम्मत गर्नु नै हो । नेकपा एमाले सुनसरी एकताबाट अगाडी बढ्छ । सुनसरीको विकास र समृद्धिमा ठुलो भुमिका निर्वाह गर्छ । सुनसरीका जनताको सारथी भएर नेकपा एमाले अगाडी बढ्छ । हाम्रो अन्तिम समयसम्म सर्वसम्मत गराउनेतिर प्रयास रहन्छ र जिल्लाको नेतृत्व सर्वसम्मतबाट नै चयन हुन्छ ।

४. सुनसरी जिल्ला नेकपा एमालेको लागि संवेदनशिल जिल्ला मानिन्छ , नेकपामा दुवै पक्षलाई कसरी मिलाएर अगाडी बढ्छ ?
सुनसरीमा पक्ष वा विपक्ष भन्दा पनि सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रयत्न रहन्छ । अहिले नेकपा एमालेभित्र एउटै पक्ष छ, त्यो भनेको नेकपा एमाले हो । दुई वा तीन वटा पक्षको बजारमा हल्ला हो तर त्यो यथार्थ होइन् । नेकपा एमालेभित्र एउटै पक्ष र त्यो ७ औं जिल्ला अधिवेशनले सन्देश दिन्छ । नेकपा सुनसरी सहित देशभर नै सर्वसम्मतबाट नेतृत्व गर्न चाहेको छ , त्यसैले पक्ष वा विपक्ष भन्दा पनि सर्वसम्मतबाट जिल्ला कमिटि चयन हुन्छ । त्यसमा कुनै शंका छैन् । नेकपाका नेता तथा कार्यकर्ताहरुले चुनाव चाहेको छैन्, त्यसैले एकताबाट प्रयत्न गरि सबैले चाहेको जस्तो नेकपा एमाले जिल्ला कमिटिको निर्माण हुन्छ ।

५. नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि कस्तो तयारी भइरहेको छ ?
अहिले हामी नेकपा एमालेको ७ औं जिल्ला अधिवेशनको तयारीमा जुटेका छौं । तयारीको पुरा पनि भइसकेको छ । अधिवेशनको उद्घाटन सत्रलाई भब्य बनाउने कुरामा मात्र कदम आगाडी बढेको छ । नेतृत्वको सवालमा अलि अलि समस्या रहेतापनि सहजढंगबाट समाधान गछौं र सर्वसम्मतबाट नेतृत्व चयन गर्छौ । नेतृत्वको बारे भन्दा पनि उद्घाटन सत्रलाई सफल बनाउनेतर्फ लागिरहेका छौं । नेतृत्वका बारेमा थौरे समयमा छलफलबाट निष्कर्ष निस्कने कुरामा विश्वस्त रहेको छु ।

६. नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनले एकताको सन्देश दिन्छ त ?
स्वाभाविक रुपले हामी एकताको सन्देश दिनुको विकल्प छैन् । नेकपा एमाले सुनसरी एकतावद्ध छ । हामी अधिवेशनबाट पनि एकताको सन्देश दिने प्रयास गरेका छौं । आम कार्यकर्ताहरुको समेत सोचाई एकताको रहेको छ भने नेतृत्व गर्ने व्यक्ति वा नेताहरुले पनि अर्को ढंगबाट सोच्नुहुन्छ भन्ने जस्तो मलाई लाग्दैन् । एकताको विकल्प नरहेकोले एकताको सन्देश दिनका लागि हामी लागि परेका छौं र दिन्छौ पनि ।

७. नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको हो त ?
अधिवेशनको तयारी पुरा भइसकेको छ । शुक्रवार ७ औं जिल्ला अधिवेशनको उद्घाटन हुँदैछ । इनरुवाको ऐतिहासिक ठाउँमा अधिवेशन गर्न लागिरहेका छौं । इनरुवालाई बेहुली झै सिंगारिने काम पनि पुरा भएको छ । इनरुवालाई सुन्दर नगरीमा परिणत गर्दै अधिवेशनलाई व्यवस्थित ढंगबाट आगाडी लैजाने छौं ।

८. अन्त्यमा जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई के भन्न चाहन्छु ।
नेकपा एमाले बाहेका पार्टीका नेतृत्वकर्ताहरुलाई अधिवेशनका लागि निमन्त्रण गरेको छु र सहभागिताका लागि अनुरोध समेत गर्दछु । सुनसरीका विकास र समृद्धिका लागि, जनताको दुःख सुख साथ दिन नेकपा एमाले आगाडी बढिरहेको छ । सुनसरीका जनताको जीवनस्तरमा उन्नितका लागि काम गर्दै आएका छौं । नेकपा एमालेको जिल्ला अधिवेशनमा सक्रिय सहभागिताको लागि अपेक्षा गरेको छु । भोलीका चुनौतीहरुलाई एकताबद्धबाट नै समाधान गर्नेछौं र त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं । सम्पुर्ण नेता तथा कार्यकर्तालाई एकतावद्धबाट नेकपा एमाले निर्माणका लागि आ–आफनो ठाउँबाट अभियान चलाउनका लागि हार्दिक अपिल गर्दछु ।

Share47Tweet29SendScan
Previous Post

मन्त्री यादवद्वारा इनरुवा अस्पताल अनुगमन

Next Post

चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In