संगम बिष्ट
चतरा । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दोस्रो कार्यकालकालागि पुर्न सिता भण्डारी पौडेल निर्वाचित भएकि छिन् ।
बिहिबार संस्थाको २३ औं संस्थापना दिबश तथा २३औं बार्षिक साधरण सभा कार्यक्रममा निर्वाचन अधिकृत प्रल्लाद भट्टराईले संस्थाको ३ बर्षकालागि अध्यक्षमा भण्डारी सर्ब सम्वत् चयन भएको बताए । अध्यक्षमा भण्डारी सहित अध्यक्षमा दिपक कार्की , सचिब शर्मिला राई , कोषाध्यक्ष टेकमाया पाण्डे , सदस्यहरु मिनबहादुर बानियाँ, ज्ञानेन्द्र गौतम , कमला बिष्ट ,सोनु बिश्कर्मा पुजाकुमारी धार्मी, गायत्रादेवि खतिवडा , रञ्जना बिष्ट , लेखा सुपरिवेक्षण समितिको संयोजकमा
नरकुमार राई , सदस्य बिन्दा न्यौपाने र मेनुका कोईराला पराजुली सर्वसम्मत भएको निर्वाचन संयोजक भट्टराईले बताए । निर्वाचित समिति संयोजक भट्टराईले बिहिबारनै सञ्चालक समितिका पदाधिकारी एव लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराएका छन् ।
वराहक्षेत्र –१ स्थित औलिया मठ स्थित बोलबम धर्मशालमा आयोजना भएको साधरण सभामा अध्यक्ष सीता भण्डारी पौडेल सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिइन । लेखा सुपरिवेक्षण समिति संयोजक रमेश चौहानले लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा प्रमुख शैलेन्द्र राउत लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल शेयर सदस्य ४ हजार ७ सय ३२ जना रहेको र शेयर पुजि ८ करोड ८८ लाख ४३ हजार २ सय , बचत निक्षेप हिसाब कुल १ अर्व २ करोड ४८ लाख ४० हजार ९ सय ९० रहेको छ । संस्थाको बार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी कुल ६३ करोड १ लाख २६ हजार १ सय १८ रुपैया, संस्थाले ४७ करोड ३० लाख ५८ हजार ६सय९३ रुपैया कर्जा असुली गरेको छ ।
संस्थाको कुल नाफा १६ करोड २ लाख ५६ हजार ५सय ७७ रुपैया आम्दानी रहेको र खर्च तर्फ १३ करोड १६ लाख ७ हजार ९९ रुपैया खर्च भइ ५ प्रतिशात आयकर पछि संस्थाको खुद नाफा २ करोड ७२ लाख १७ हजार संस्थाले बचत गरेको छ।
संस्थाले मृत्यु राहतकोष कार्यक्रममा ५ लाख १८ हजार २० जना सेयर सदस्यहरु मृत्यु हुँदा उपलब्ध गराएको र
संस्थाले बिना धितो ५ लाख सम्म दिने र धितो राखेर अधिकतम सिमा ५० लाख दिने गरेको प्रतिवेदन मार्फत जानकारी दिएको छ ।
कार्यक्रममा अध्यक्ष भण्डारीले ३ वर्षमा सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको हिरा स्मृतिमा ४ लाखको अक्षय कोष समेत घोषणा गरेकी छिन् । उक्त अक्षण कोषको ब्याजबाट बार्षिक रुपमा सहकारीका एकल महिला शेयर सदस्य छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराईने छ । साधरण सभाबाट संस्थापक अध्यक्ष रेनुका निरौला घिमिरेलाई सम्मान समेत गरिएको थियो ।सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपि आदारभुत बिद्यालयका बिद्यार्थीहरुलाई जाडोको लागि ट्राक सुट र व्याक बितरण गरिने सहकारीका उपध्यक्ष दिपक कार्कीले बताए ।
कार्यक्रम वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल प्रमुख अतिथि रहेका थिए । अध्यक्ष सीता भण्डारी पौडेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रम सञ्चालक सचिव पवित्रा राईले गरेकी थिइन् । साधरण सभाबाट उत्कृष्ट बचतकर्ता , कारोवारी , असल ऋणीलाई कदर समेत गरिएको थियो ।