Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले सुनसरीको नेतृत्व सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड
145
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेताहरुले सर्वसम्मतबाट नेतृत्व चयन गर्न जोड दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवाको जेलफिल्डमा नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेताहरुले यसो बताएका हुन् ।

सुनसरीको सदरमुकाम इनरुवा नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलको माध्यमबाट सुनसरी सहित देशभर नै एकसाथ उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले मुलुकको पहिलो पार्टी बनाउने सन्देश अधिवेशनले दिएको बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउनका लागि एक जुट भएर जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए । नेकपा एमालेलाई मजबुत बनाउनका लागि अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्न सकेमात्र मुलुकभर एकताको सन्देश जाने उनले बताए । उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले मुलुकको केही जिल्लामा अधिवेशन स्थगित भएको र केही दिनपछि उद्घाटन हुने विश्वास व्यक्त गर्दै मुलुकमा शान्ति र समृद्धि ल्याउनका लागि नेकपा एमाले मात्र सक्ने समेत उनको कथन छ ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै स्थायी कमिटि सदस्य गुरु बरालले नेकपा एमालेलाई एकताबाट बलियो बनाउने बताए । नेकपा एमाले एकताबाट आगाडी बढ्ने र सम्वन्ध विच्छेद नभई कमी कम्जोरीहरुलाई सच्याउँदै सिकाईलाई बढी प्राथमिकता दिएर पार्टीलाई एकसुत्रमा बाँधन आवश्यक रहेको उनले बताए । सुनसरीको अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन गर्नेमा सबैलाई विश्वस्त रहन पनि उनले आग्रह गरे ।

जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रदेश–१ का पूर्व मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य जगदिश प्रसाद कुसियैतले जिल्लाको नेतृत्व सर्वसम्मतबाट चयन हुने बताए । नेकपा एमालेमा कुनै खेमा नरहेको उनले बताउँदै अधिवेशनले नयाँ रुप दिदै सक्षम र कुशल नेतृत्व चयन गर्ने समेत बताए । पार्टीको अधिवेशन भएकाले एक ढिक्का भएर सहमतिबाट नेतृत्व चयन हुनेमा जोड दिएका थिए । अधिवेशनले नेता तथा कार्यकर्ताहरुमा उत्साह थपिएकोले नयाँ नेतृत्व चाहेको जस्तो नै कार्यसमितिमा पदाधिकारीहरु सहित अन्य पदहरुमा जुझारु नेताहरुलाई ल्याउने समेत उनको कथन थियो ।

त्यसैगरि नेकपा एमालेकी नेतृ भगवति चौधरीले मुलुकमा आर्थिक र सामाजिक क्रान्ति ल्याउन आवश्यक रहेको बताईन् । नेकपा एमाले समाजवादको सिद्धान्तलाई अंगालेर अघि बढेको बताईन् । नेपाली कांग्रेसको अधिवेशनमा नेताहरुले समाजवादको परिभाषा सिकाउँदै वडा वडामा भाषण गरेको उनले बताउँदै आप्mनो पार्टीको सिद्धान्त र समाजवाद फरक रहेकोले नेकपा एमालेले नै मुलुकको निकास दिन सक्ने बताईन् ।

नेतृ चौधरीले अधिवेशनबाट कस्तो पार्टी बनाउने भन्ने कुराको निष्कर्ष निकाल्न आवश्यक रहेको बताईन् । अधिवेशनले देशभर नै प्रथम पार्टी बनाउने लक्ष्य रहेको उनले बताउँदै नेतृत्व सर्वसम्मतबाट चयन हुनेमा जोड दिएकी थिइन् । समाज आर्थिक क्रान्तिबाट रुपान्तरण गर्न जरुरी रहेको समेत उनले जोड दिईन् । अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेतृ चौधरीले सुनसरीमा एकजुट भएर १२४ वटा वडा, ८ वटा प्रदेश सभा र ४ वटा संघीय क्षेत्रमा नेकपा एमाले कब्जा गर्ने सकेमात्र लक्ष्य पुरा हुने बताईन् ।

त्यसैगरि नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुनसरीका सहइन्चार्ज तैयब हुसेनले २०६९ सालमा भएको छैठो अधिवेशन सुनसरीको धरानमा भएको र सातौ अधिवेशन सुनसरीको इनरुवामा भएको जानकारी गराएका थिए । केन्द्रीय सदस्य हुसेनले सातौ जिल्ला अधिवेशनले सबैजातजाति, धर्म, लिङ्ग, भाषाका व्यक्तिहरुलाई नेतृत्वमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । जिल्ला अधिवेशनबाट सर्वसम्मतबाट नेतृत्व छनौट गर्ने र निर्वाचन नहुने समेत उनले बताए ।

जिल्लामा धेरै आकांक्षीहरु भएपनि सबैलाई समेटेर अधिवेशनले सर्वसम्मतबाट नेतृत्व चयन हुनेमा शंका नगर्न सबैलाई अनुरोध समेत हुसेनले गरे । जिल्ला कमिटिमा १३५ जना नेतृत्वमा छनौट हुने नेता हुसेनले जानकारी गराउँदै सर्वसम्मतको विकल्प पनि नरहेकोले पुस २५ गतेसम्ममा निचोड निस्कने समेत उनले बताए ।

नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनका अध्यक्ष खेमराज पोखरेलले एकताबद्धबाट उत्साहका साथ अधिवेशन सम्पन्न हुने बताए । पार्टीले सबैलाई मिलाएर सर्वसम्मतबाट नेतृत्व चयन गर्ने प्रतिवद्धता पोखरेलले व्यक्त गरेका छन् । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास रहेकोले पुस २५ गतेभित्रसम्म जिल्ला कमिटि चयन गर्न सफल हुने समेत उनले बताए ।

अधिवेशनको उद्घाटन सत्रमा केन्द्रिय सदस्य मन्जु मण्डारी, लक्ष्मी गौतम लगायतका नेताहरुले नेताहरुले शुभकामना मनतब्य व्यक्त राखेका थिए । त्यसैगरि नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी र नेकपा माओवादीका नेता ओके दाहालले समये अधिवेशनको सफलताको शुभकामना राखेका थिए ।

नेकपा एमाले सुनसरीको अधिवेशनमा हजार भन्दा बढीको सहभागिता रहेको थियो भने उद्घाटन सत्रका कार्यक्रम नेकपा एमाले सुनसरीका सचिव पर्शुराम यादवले संचालन गरेका थिए ।

 

Share58Tweet36SendScan
Previous Post

नेकपा एमाले सुनसरीको अध्यक्षमा पोखरेल र सचिव पदमा मेहताको चर्चा

Next Post

सुनसरीमा मलखादको हाहाकार भएपछि किसान आन्दोलित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरीमा मलखादको हाहाकार भएपछि किसान आन्दोलित

सुनसरीमा मलखादको हाहाकार भएपछि किसान आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In