इनरुवा । नेपाल निजामति कर्मचारी युनियन आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुनः निखिल पोखरेल निर्विरोध चयन भएका छन् । नेपाल निजामति कर्मचारी युनियन सुनसरीको सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पोखरेल पुनः चयन भएका हुन् ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल निजामति कर्मचारी युनियन सुनसरीको आठौं जिल्ला अधिवेशनबाट पोखरेलको अध्यक्षतामा १५ जनाको निर्विरोध कार्यसमिति चयन गरेको हो ।
कर्मचारी युनियन सुनसरीको खुल्लाबाट उपाध्यक्षमा हिरा साह, समावेशी उपाध्यक्षमा सगमलाल चौधरी, महिला उपाध्यक्षमा श्रीती मेहता, सचिवमा उमेश राई, सहसचिव नेत्र प्रसाद न्यौपाने र कोषाध्यक्ष अभिनारायण भट्टराई निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा अब्दुल कैयुम अन्सारी, इन्द्र कुमार श्रेष्ठ, श्यामकिशोर मण्डल, सन्तोष अधिकारी रहेका छन् भने महिला सदस्यहरुमा मन्दिरा कार्की र रुविना थापा रहेकी छिन् । श्रेणी बिहिन सदस्यहरुमा मिन बहादुर श्रेष्ठ र अमरलाल साह निर्विरोध चयन भएका हुन् ।
नेपाली कांग्रेसका नेता शेखर कोइराला, प्रदेश–१ का कानुन मन्त्री केदार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु राजीव कोइराला,राजीव ढुंगाना र कल्पना चौधरी, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, सचिव बिरेन्द्र साह, इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता लगायतकाले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।