इनरुवा । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा शनिबार संचारकर्मीसंग कुराकानी गर्दै नेता कोइरालाले गठवन्धनबाट आउने निर्वाचनमा चुनाव नलड्ने बताएका हुन् ।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसंग काङग्रेसको गठबन्धन नहुने उनले बताउँदै नेपाली कांग्रेस एक्लै चुनाव लडने बताए । नेपाली कांग्रेसले मुलुकको निकास दिने भएकाले आगामी निर्वाचनमा कुनैदलसँग गठवन्धन नगर्ने र कांग्रेस एक्लै चुनावमा होमिने नेता कोइरालाको भनाई छ । आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै निर्वाचनमा होमिएपनि दुई तिहाई बहुमत ल्याउने विश्वास रहेको उनले बताए ।
उनले भने, ‘आगामी निर्वाचनमा देशैभरमा १५ देखी २० लाख सम्म व्यक्तिहरुलाई कांग्रेसमा प्रवेश गराउनुपर्छ । देशकै शक्तिशाली पार्टी बनाउन र निर्वाचनमा बहुमत ल्याउनका लागि ति संख्यामा कांग्रेस पार्टीमा प्रवेश गराउन नसके पार्टी दुर्घटनामा पर्न सक्छ । स्थानीय, प्रदेश र संघीयमा नेपाली कांग्रेसले निर्वाचन जित्न नसके पार्टी ठुलो दुर्घटनामा पर्छ । त्यसैले नेपाली कांग्रेस पार्टी सबैको देखिने, सुनिने र बुझिने पार्टी बनाउँनुपर्छ । ’
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विधानलाई टेकेर नियुक्ती गरेपनि जनतालाई कुन मापदण्ड अनुसार गरेको हो ? भन्ने कुराको जानकारी गराउनुपर्छ उनले भने,‘पार्टी सभापति देउवाले सबैको सभापति हुँ भनेको हुनाले न्याय संगत पार्टीको गतिविधिहरुलाई आगाडी बढाउन जरुरी रहेको छ ।’
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तब्यस्त रहेको उनले बताउँदै अवरुद्ध संसद सुचारु गर्न तर्फ नेपाली कांग्रेसको नेतृत्व सरकार र प्रमुख प्रतिपक्षी दल एमाले दुवै लाग्नुपर्नेमा नेता कोइरालाले जोड दिए ।
त्यसैगरि नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनलाई नेता कोइरालाले सम्वोधन गर्दै यनियनका कर्मचारीहरुको साथमा रहने बताएका छन् । नेता कोइरालाले विगतका दिनहरुमा नेपाल निजामति कर्मचारी युनियनले झेल्नुपर्ने दुःख कष्टहरुलाई आत्मसाथ गर्दै कमी कमजोरीहरुलाई औल्याएर नेपाली कांग्रेस आगाडी बढ्ने बताएका हुन् ।
नेपाल निजामति कर्मचारी युनियनले आगामी फागुन ७ गतेसम्म दिएको अल्टिमेटमलाई सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । कर्मचारीको ऐन किन ढिलाई, किन कार्यान्वयन भएन् ? भन्ने कुराको दोषी अघिल्लो र वर्तमान सरकार रहेको छ,उनले भने,‘ अर्को दोषी सचिव, टेड्र युनियन हुन् । निस्वार्थ भावनाले सबै एक ठाउँमा उभिन सक्यो भने दुई घण्टामा समस्या समाधान हुनेछ ।’