Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल रेडक्रस सोसाइटी हरिनगरको १८ औं साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २४, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
नेपाल रेडक्रस सोसाइटी हरिनगरको १८ औं साधारण सभा सम्पन्न
92
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । नेपाल रेडक्रस सोसाइटी हरिनगर उपशाखा कार्यालय सुनसरीको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सुनसरीको हरिनगर माध्यमिक विद्यालय हरिनगराको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी हरिनगर उपशाखाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हरिनगर रेडक्रस सोसाइटीमा राजनीतिकरण नगर्न अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगरले विपदको बेला उद्धार तथा राहतको व्यवस्था गर्ने भएकाले सहमति र सहकार्यमा काम गरेको उनले बताए ।

उनले भने, ‘निस्वार्थ भावनाले काम गर्ने समाजिक संस्था हो । नेपाल सरकारसँग साझेदारी गरेर रेडक्रसले काम गर्दै आएको छ । सामाजिक परोपकारी संस्था भएकाले विपदको बेला सेवा गर्दै आएको रेडक्रसले हरिनगरका जनतालाई समस्यामा सहयोग गर्ने गरेको छ ।’

नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्लाका कोषाध्यक्ष बिष्णुदेव मण्डलले वार्षिक साधारण सभाको सफलताको शुभकामाना व्यक्त गर्दै रक्तदान गर्न सबैलाई आग्रह गरेका थिए । मुलुकमा रगतको अभावका कारण सर्वसाधारणहरुको अकालमैय मृत्यु हुनबाट जोगिनका लागि यस क्षेत्रका सर्वसाधारणहरुले रक्तदान गर्न आवश्यक रहेको बताए ।

मण्डलले हरिनगर गाउँपालिकाले मोरङ्गका रेडक्रससँग वार्षिक सम्झौता गरेर रगत निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने सुझाएका थिए । यस क्षेत्रका जनता बिराटनगरका अस्पतालहरुमा उपचार गराउन गएको बेला रगत अभावका कारण समस्यामा पर्ने बिरामीहरुलाई सहजताका लागि सम्झौता गरि निःशुल्क रगत उपलब्ध गराई सेवा सुविधाहरु दिनुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी हरिनगरका उपाध्यक्ष देव नारायण मेहताले स्वागत मन्तब्य व्यक्त गर्दै आगामी कार्यकालमा नेतृत्वमा नआउने घोषणा गरेका थिए । आफु रेडक्रसमा रहेर जनताको सेवामा समर्पित रहेर कामकाज गर्दै आएकोले आगामी फागुन वा चैत महिनामा हुने अधिवेशनमा कुनै पनि पदमा नेतृत्व नलिने मेहताले घोषणा गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा हरिनगरका सचिव हिरालाल पालले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदनमा २०७७÷०७८ मा ३ तीन लाख ४८ हजार २ सय ६८ रुपैयाँ १० पैसाको आय व्यय उनले प्रस्तुत गरेका थिए ।

हरिनगर रेडक्रसका सभापति कृष्ण प्रसाद देवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत, कांग्रेसका नेता शिवहरी श्रेष्ठ, हरिनगर माविका प्रअ बलराम मण्डल, युवा नेता दाउद अन्सारी, नेकपा माओवादी सुनसरी सदस्य भगवती महतो, समाजसेवी दिनेश भगत लगायतकाले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम राजेश पालले संचालन गरेको थियो ।

Share37Tweet23SendScan
Previous Post

कांग्रेस एक्लै चुनाव लड्छ : नेता कोइराला

Next Post

वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी

वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In