इनरुवा । इनरुवा जेसीजको अध्यक्षमा पुष्पा खरेल निरौला निर्वाचित भएकी छिन् । इनरुवा जेसीजको ३८ औं साधारण सभाबाट अध्यक्षमा निरौला निर्वाचित भएकी हुन् ।
इनरुवा जेसीजको इतिहासमा पहिलो पटक महिलाले नेतृत्व लिएकी छिन् । इनरुवा जेसीजले महिलाहरुको मुल्यांकन गर्दै यस पटक निरौलालाई अवसर प्रदान गरेको छ ।
इनरुवा जेसीजको नेतृत्व हस्तान्तरण गर्ने परिपार्टी अनुसार वर्ष २०२२ का लागि अध्यक्षमा निरौलालाई जिम्मेवारी दिइएको हो । वर्ष २०२१ का अध्यक्ष संयम कोइरालाको कार्यअवधि पुगेपछि ३८ औं साधारण सभाबाट उनलाई जिम्मेवारी प्रदान गरिएको इनरुवा जेसीजले जनाएको छ ।
त्यसैगरि वर्ष २०२२ का कार्यकारीणी उपाध्यक्षहरुमा बिकेश मेहता र सत्य नारायण यादव चयन भएका छन भने उपाध्यक्षहरु रिसिता साह, अरबिन केसि, सुशान्तजंग बस्नेत र कृष्ण प्रसाद आचार्य चयन भएका हुन् । वर्ष २०२२ का अध्यक्ष निरौलाले महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार चयन गर्ने बताएकी छिन् ।












