इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष रेवती भण्डारीले एकतावद्ध एमाले निर्माण गर्ने बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय इनरुवा सुनसरीमा संचारकर्मीहरुसँगको कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष भण्डारीले यसो बताएका हुन् ।
नेकपा एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष भण्डारीले असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरुलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दै उनले नेकपा एमाले सुनसरीलाई शक्तिको रुपमा स्थापित गर्ने बताएका हुन् । अध्यक्ष भण्डारीले नेकपा एमाले सुनसरीको सातौं जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हुनाले यसलाई आन्तरिक प्रतिस्पर्धा भएको हुदाँ अन्यथा नलिन सबैलाई आग्रह समेत गरेका छन् ।
उनले भने, ‘जित र हारको हिसावले नबुझौ । समग्र नेकपा एमाले सुनसरीलाई अत्यन्त तिब्र गतिले अगाडी बढाएर सुनसरीमा पहिलो पार्टीको हैसियतको रुपमा स्थापित गर्नेछु ।’ पार्टीमा हारेका र जितेका दुबैलाई इज्जत र सम्मान गर्ने र कुनै भेदभाव नगर्ने, रिसविइसी र पुर्वाग्राही हुनेछ । सबैलाई साथमा लिएर पार्टी निर्माणको काममा लाग्नेछु ।’
नेकपा एमाले सुनसरीको सातौं जिल्ला अधिवेशनको प्रतिवेदनमा उल्लेख भएको अनुसार २०६४ सालको निर्वाचनमा पहिलो शक्ति भएको, २०७० सालमा पहिलो शक्ति र २०७४ सालको निर्वाचनमा दोश्रो शक्ति भएको हुनाले आउने निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित गराउने छु, उनले भने,‘युवाहरुको सहभागितालाई समेत ध्यानमा राखेर अगाडी बढ्ने छु ।’ सुनसरीमा चुनौती रहेपनि आगामी दिनमा सामना गर्दै आगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’