हरिनगर । सहकारी संस्था लिमिटेड हरिनगराको ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनसरीको हरिनगर–४ स्थित रहेको सहकारीले आफनै प्राङ्गणमा बिहीवार ३८ औं साधारण सभा सम्पन्न गरेको हो ।
सहकारी संस्था लिमिटेड हरिनगराका अध्यक्ष बद्रीप्रसाद यादवले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष यादवले प्रतिवेदन प्रस्तुत गर्दै आर्यतर्फ ब्यापारबाट ४ लाख ८५ हजार ९२ रुपैयाँ, अन्य व्यवसायबाट ५ लाख ८ हजार ६ सय १३ रुपैयाँ, बचत ऋणबाट ४२ लाख ५५ हजार ३ सय ५७ रुपैयाँ, कुल जम्मा आय रकम ५२ लाख ४९ हजार ६३ रहेको छ । त्यस्तै ४ लाख ७७ हजार १ सय ८७ रुपैयाँ कर्मचारी वोनसमा खर्च भएको प्रतिवेदनमा उल्लेख भएको छ ।
सहकारी संस्था लिमिटेड हरिनगराको गत आर्थिक वर्षमा ४७ लाख ७१ हजार ८ सय ७६ रुपैयाँ खुद मुनाफा भएको सहकारीका अध्यक्ष यादवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको ३८ औं साधारण सभामा २१ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सफिद अन्सारी, सुन्दर कोइरी, विमलादेवी मेहता, बद्री मेहता, कविता कुमारी उराँव, जयराम मेहता, गंगाप्रसाद यादव लक्ष्मीदेवी यादव, अल्हाज ईद्रिश अन्सारी लगायतका रहेका छन् ।
त्यस्तै नियमित बचत कर्तातर्फ चेतनलाल बोथरा, जय भवानी सहकारी संस्था लिमिटेड, विपद सहकारी संस्था लिमिटेड हरिनगरका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको सहकारीका व्यवस्थापक मोहीउद्धीन सिद्धिकीले जनाएको छ । त्यस्तै उत्कृष्ट ऋणीतर्फ ७ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सत्यनारायण चौधरी, सन्तोष मण्डल, जोगेन्द्र महतो, जोगिनर साह, ईद्रिश अन्सारी, कुन्तीदेवी मेहता र जमसेद मियाँ रहेका छन् ।
सहकारीको ३८ औं साधारण सभामा सहकारीका सदस्य देवनारायण मेहताले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने बद्रीप्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हाजी ताहिर अन्सारी, बिशिष्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता रहेका थिए । प्रमुख अतिथि र बिशिष्ट अतिथिहरुले संयुक्त रुपमा साधारण सभाका उद्घाटन गरेका थिए ।
अतिथिहरुमा हरिनगर र देवानगंज गाउँपालिकाकी उपाध्यक्षहरु क्रमशः रिमझिम कुमारी भगत र पुनीता देवी यादव रहेका थिए । सहकारीका सहायक व्यवस्थापक जगदीश प्रसाद साहले कार्यक्रम संचालन गरेका थिए ।