Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

भिड नियन्त्रण गर्न प्रहरीले ग¥यो १५ राउण्ड अश्रु ग्याँस प्रहार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा आयोजित तेस्रो बर्जु महोत्सवको अन्तिम दिनमा भारत बिहारका गायक तथा नायक खेसारीलाल यादव महोत्सवमा उपस्थित नभएपछि सहभागी दर्शकहरुले आगजानी तथा तोडफोड गरेका छन् । महोत्सव पुस २४ गतेदेखी सुरु भएको महोत्सव पुस ४ गतेसम्म जारी रहेको थियो । महोत्सवमा भारत बिहारका गायक तथा नायक यादव अनुपस्थित भएपछि आक्रोसित दर्शकहरुले कार्यक्रम सुरु भएको केही घण्टामा स्टेजमा तोडफोड र गाडीमा आगजानी गरेका हुन् । बर्जु सामुदायिक विकास केन्द्र चिमडीको आयोजनामा सुरु भएको महोत्सवमा अन्तिम दिन दर्शकहरुसँग ३ सय देखी ५ सय सम्म प्रवेश शुल्क लिएको र कार्यक्रम सुरु भएको केही घण्टासम्म भोजपुरी कलाकार खेसारीलाल यादव सहितको टोली नआएपछि आक्रोसित दर्शकहरुले आगजानी र तोडफोड गरिएको समाचार श्रोतले जनाएको छ ।

आयोजक समितिले भारतीय कलाकार खेसरीलाल यादव आउने भन्दै सर्वसाधारणलाई टिकट बिक्री गरेको थियो । तर खेसरीलाललाई स्थानीय प्रशासनले रोकेपछि आक्रोशित बनेको भिडले स्टेज तोडफोड र आगजनी गरेको हो । आक्रोशित भिडले महोत्सव स्थलमा पुगेका केही सवारीसाधनमा पनि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले बल पनि प्रयोग गरेको छ । प्रहरीले भीडलाई नियन्त्रण गर्न १५ राउण्ड अश्रु ग्याँस समेत प्रहार गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरिएको हो । बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २४ गते बाट सुरु भएको उक्त महोत्सवमा मंगलवार खेसारीलाल यादव आउने व्यापक प्रचारप्रसार गरेको र आयोजकले महँगो दरमा टिकट विक्री वितरण गरेको थियो ।

सुनसरी प्रशासनले पुस २७ गतेबाट महोत्सवमा रोक लगाएको भएपनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे बर्जु सामाजिक विकास केन्द्रको आयोजनामा महोत्सव संचालन गरेपछि तोडफोड र आगजानी भएको छ ।
गायक तथा नायक खेसरीलाल यादवलाई बेलुका ३ बजेसम्म पखाईमा दर्शकहरुले स्टेज तोडफोड र सवारी साधनमा आगलागी गरेपछि प्रहरीलाई नियन्त्रण गर्न हम्मे हम्मे भएका थिए ।यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालय सुनसरीले महोत्सवलाई स्थगित गर्न लिखित आदेश अटेर गरेको बताएका छन् । प्रजिअ यादवले आगजनीबाट क्षती भएको बिबरण तत्काल नखुलेको बताए । महोत्सवमा आक्रोसित दर्शकहरुले ४ वटा स्कार्पियोमा, १ वटा सिटिसफारी , १ वटा मोटरसाइकल र १ वटा साईकलमा आगजनी भएको उनले बताए । महोत्सवमा एक हजार भन्दा बढी प्लास्टिकको कुर्सी , स्टेज साउण्ड सिस्टम थान–२ र जेनेरेटर २ वटा मा पुर्णरुपमा क्षती भएको प्रजिअ यादवले जानकारी दिएका छन् ।

यता ईलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीको अगाडिको सिसामा तीन ठाउँमा वरपरको भागमा र बायाँ साईडको ढोका माथी ढुंगाले लागेर फुटेको साथै इप्रका ईटहरी दरबन्दि भई ईलाका प्रहरी कार्यालय दुहबीमा कार्यरत प्रज ख्यामराज बिष्ट र प्रहरी चौकी भरौल सुनसरी दरबन्दि भई ईप्रका दुहबीमा कार्यरत मप्रज मिना माझीलाई हात र खुट्टामा ढुंगाले लागेर सामान्य घाईते भएको उनले जानकारी दिए ।

Share21Tweet13SendScan
Previous Post

कतार च्यारेटीद्वारा इनरुवा नगरपालिकालाई स्वास्थ्य उपकरण सामाग्री हस्तान्तरण

Next Post

सुनसरी प्रशासनको कुनै दोष छैन् : खेसारीलाल

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सुनसरी प्रशासनको कुनै दोष छैन् : खेसारीलाल

सुनसरी प्रशासनको कुनै दोष छैन् : खेसारीलाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In