इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित रहेको बर्जु तालमा आयोजित बर्जु महोत्सवका लागि आएका भारत बिहारका कालकार खेसारीलाल यादवले सुनसरी प्रशासनको कुनै दोष नरहेको बताएका छन् ।
भारत बिहारका भोजपुरीका सुपर स्टार कलाकार यादवले बिराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै सुनसरी प्रशासनले दुई दिन अघि नै रोक लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्ने बताए । बर्जु सामुदायिक विकास केन्द्र चिमडीको आयोजनामा पुस ४ गते मंगलवार अन्तिम दिनमा जनताहरुलाई मनोरञ्जन दिन आएको उनले बताए ।
सुनसरी प्रशासनले रोक लगाएको जानकारी आफुहरुलाई नदिएकोले गुमराहको पारेको हुदाँ आयोजकले क्षति बेहोर्नुपर्ने कलाकार यादवको भनाई छ । आयोजक समितिका अध्यक्ष श्रवण चौधरीले समेत आफुहरुलाई भेटन नआएको गुनासो गर्दै सुपर स्टार कलाकार यादवले घटनाप्रति दुःख व्यक्त गर्दै डेढ करोड भन्दा बढीको क्षति भएको बताए ।
बर्जु महोत्सवमा जनतासँग टिकट बिक्री गरेको हुनाले आक्रोसित जनताले तोडफोड गरेको उनले बताए । सुनसरी प्रशासनले रोक लगाएपछि कार्यक्रम स्थगित गर्नुपर्ने उनले तर्क गर्दै जनता र आफुहरुलाई गुमराहमा पारेको बताए । आयोजक समितिले आफुलाई जानकारी गरेको भए फेसबुक लाइभ आएर कार्यक्रम स्थगित भएको घोषणा गर्थे उनले भने ।
जनता र सुनसरी प्रशासनको कुनै दोष नरहेको उनले स्पष्ट पार्दै सरासरी दोष आयोजकको रहेको यादवको भनाई छ । भारतीय स्कारपियो ४ वटा जलेर नष्ट भएको र स्टेजमा रहेको सम्पुर्ण समानहरु तोडफोड गरेको हुदाँ आयोजकले तिर्नुपर्ने उनले बताए । तेस्रो चरणको कोरोनाको लहर दिनप्रतिदिन बढ्दै गएको हुदाँ सुनसरी प्रशासनको आदेशलाई अटेर गर्दै आयोजकले बर्जु महोत्सवलाई नरोकी संचालन गरेको हुदाँ सर्वसाधारणहरुले तोडफोड र आगजानी गरेको बताए ।
जनताको लागि मंगलवार बिहान बिराटनगर आइपुगेकोले आफुको कुनै दोष नरहेको स्पष्ट पारे ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बर्जु महोत्सवलाई नगर्न लिखित आदेश गरेको बताए । बर्जु महोत्सवको लागि पुस २३ गतेदेखी अनुमति दिएको बताउँदै उनले पुस २५ गते सीसीएमसीको बैठकबाट कोरोना प्रोटोकल सिफारिस भएको बताए ।
प्रजिअ यादव सुनसरी अनलाइनसँग कुराकानी गर्दै पुस २६ गते गृह मन्त्रालयबाट निर्देशन प्राप्त भएपछि पुस २७ गते डीसीएमसीको बैठकबाट निर्णय र आदेश सार्वजनिक गरेको बताए । उनले पुस २८ गते सबै स्थानीय तहहरुलाई पुनः निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको बताए । कोरोनाको महामारीमा बर्जु महोत्सवलाई रोकनुपर्ने स्थानीयहरुको गुनासोलाई मध्यनजर गर्दै पुनः पुस २ गते स्थगित गर्न आदेश दिएको समेत उनले बताए ।