अजय मण्डल
देवानगंज । सुनसरीको देवानगंजमा गाउँपालिका वडा नम्बर–३ मा बुधवार आयुर्वेद औषधालय भवनको शिलान्यास सम्पन्न भएको छ ।
देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले आयुर्वेद औषधालय भवनको शिलान्यास गरेको हो ।
कप्तानगंज आयुर्वेद औषधालय देवानगंज–३ सुनसरीको भवन जिर्ण रहेको अवस्थामा नयाँ भवन निर्माण गरी सेवा उपलब्ध गराउने उद्देश्यले बुधवार भवन शिलान्यास गरेको आयुर्वेद औषधालयका प्रमुख जिवच परियारले बताए ।
नयाँ भवनमा २ वटा कोठा र १ वटा सभाहल लगायतको ४ कोठे भवन २८ लाख रुपैंया लागतमा निर्माण हुने औषधालयका प्रमुख परियारले बताए ।
नयाँ भवनमा २ वटा कोठा र १ वटा सभाहल लगायतको ४ कोठे भवन २८ लाख रुपैंया लागतमा निर्माण हुने औषधालयका प्रमुख परियारले बताए ।
देवानगंज गाउँपालिकाका अध्यक्ष मेहताले समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि अनुरोध गर्दै जिर्ण रहेको भवनले दुर्घटना निम्ताउन सक्ने भएकोले नयाँ भवनको शिलान्यास गरेको बताए ।
पालिकाका अध्यक्ष मेहताले आयुर्वेद औषधालयको नयाँ भवनबाट सर्वसाधारणहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । नयाँ भवन नबनेसम्म पुरानो भवनबाट जनतालाई समयमै सेवाहरु उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका थिए ।