डि.के. रेग्मी
इनरुवा । गरीब तथा विपन्न वर्गका नागरिकहरुको स्तरउन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जीवन विकास समाजले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन संचालन गर्ने भएको छ । बिहीबार गैरनाफामुलक जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले सो अस्पताल निर्माणका लागि शिलान्यास गरेका छन् ।
अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन मोरङको कटहरी वडा नं. २ हल्दीबारीमा ३०० शैयाको वहुविशिष्टिकृत सुविधा सम्पन्न बन्ने समाजले बताएको छ । कुल १७ बिगाहा क्षेत्रफलमा निर्माण हुन गईरहेको अस्पताल सरकारी र निजी अस्पतालको तुलनामा सुविधासम्पन्न हुने अस्पतालका संयोजक दामोदर रेग्मीले बताए ।
रेग्मीका अनुसार विशुद्ध सेवा प्रवाह गर्ने उद्देश्यका साथ संस्थाको आफ्नै जग्गामा अस्पताल निर्माणकोे कार्य थालिएको हो । ‘अन्य अस्पतालको तुलनामा न्युन सेवा शूल्कमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले जीवन विकास समाजले अस्पताल सञ्चालनमा ल्याउन लागेको हो नाफा कमाउने उद्देश्यले होईन्’ संयोजक रेग्मीले बताए ।
बिहीबार शिलान्यास भएको अस्पताल निमार्णको ठेक्का विराटनगरको आशिष÷आशिर्वाद÷स्वामीनारायण जेभीले लिएको छ । कुल अढाई अर्बमा ठेक्का सम्झौता भएको उक्त अस्पताल ब्लक अनुसार विभिन्न तीन चरणमा निर्माण हुने छ ।
२०८० साल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालको पहिलो ब्लक कुल ६५ करोडमा निर्माण हुनेछ । समाजसँग आबद्ध गरिब तथा विपन्न वर्ग तथा प्रदेश नं. १ र मधेश प्रदेशका नागरिकलाई लक्षित गर्दै यसले आफ्नो सेवा प्रवाह गर्ने जनाइएको छ ।