इनरुवा । सुनसरीको इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स शनिवारदेखी संचालनमा आएको छ । इनरुवाको लोकतान्त्रिक चौकदेखी इनरुवा अस्पताल जाने सडकमा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा आएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइरालाले सुनसरी आइकेयर एण्ड अप्टिकल्सको रिबन काटेर उद्घाटन गरेका हुन् । नेता कोइरालाले इनरुवाका जनताका लागि सेवा गर्नका लागि आइकेयर एण्ड अप्टिकल्स संचालनमा ल्याउनु खुशीको कुरा भएको उनले बताए । इनरुवाका जनतालाई आँखा सम्वन्धी कुनै समस्या भए बाहिर जाने समस्या अन्त्य भएको समेत उनले बताए । इनरुवाका जनशक्ति इनरुवामा नै प्रयोग हुनु राम्रो हो उनले भने, ‘इनरुवाबासीको सेवाका लागि आइकेयर एण्ड अप्टिकल्सबाट सस्तो, छिटो र छरितो सेवा प्रवाह हुनेछ ।’
सुनसरी आइकेयर एण्ड अप्टिकल्स इनरुवा–१ ले शनिवारदेखी एक हप्तासम्म निःशुल्क आँखा परीक्षण गरिनेछ । आइकेयरमा अन्तरराष्ट्रिय स्तरको कम्युटरकृत डिजिटल प्रविधिद्वारा गुणस्तरीय रुपमा आँखा जाँच तथा परामर्श दिइने दृष्टि बिशेषज्ञ गौरव रायले जनाएको छ । सुनसरी आइकेयर एण्ड अप्टिकल्सबाट दृष्टि बिशेषज्ञहरु अमित मेहता र गौरव रायले सर्वसाधरणहरुलाई सेवा प्रवाह गर्ने बताइएको छ । बाहिर अध्ययन सकाएर आफनै गाउँमा जनताको सेवा गर्ने उद्देश्यले इनरुवा–१ अस्पताल रोडमा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा ल्याएको उनीहरुले बताएका छन् ।