Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित

प्रेस युनियन सुनसरीद्वारा निःशुल्क फोटो पत्रकारिता प्रशिक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पत्रकारको व्यावसायिक क्षमता अभिबृद्दीमा फोटो पत्रकारिता प्रशिक्षण उत्कृष्ट सावित
47
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी र मोरङलाई कर्मथलो बनाएर व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्न सक्ने सिप प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा एक दिने निःशुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय फोटो पत्रकार समुह काठमाडौंसंगको सहकार्यमा पत्रकारहरुलाई फोटो पत्रकारितामा अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रम पछि बोल्दै कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार अर्जुन सुवेदीले कार्यक्रमले आफुलाई फोटोग्राफीमा आफ्नो अवस्था कस्तो रहेछ भन्ने थाहा दिएको बताए । उनले भने, अहिलेसम्म फोटोग्राफीका बारेमा राम्रो जानकारी नै नभएको आफुलाई महसुस भएको छ । यो तालिमले फोटो पत्रकारिताको कखरा सिकाएको छ । पत्रकार सुवेदीले पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन र पेशागत दक्षता अभिबृद्दी गर्न मद्दत पुर्याएको बताए ।

त्यसैगरी, ग्यालेक्सी टेलिभिजनका पत्रकार प्रकाश तिम्सिनाले प्रशिक्षण कार्यक्रमले आफुलाई व्यावसायिक रुपमा फोटो पत्रकारिता गर्न मद्दत पुगेको बताए । उनले भने, प्रेस युनियनले सारै राम्रो काम गरेको छ । पत्रकारलाई व्यावसायिक रुपमा सबल बनाउन यो प्रशिक्षणले महत्वपूर्ण सहयोग गरेको छ । पत्रकारको प्राविधिक र व्यावसायिक क्षमता अभिबृद्दी गर्ने यस्ता कार्यक्रम प्रेस युनियनले मात्र नभएर अन्य संघ संगठनले पनि ल्याउनु पर्नेमा तिम्सिनाको जोड थियो ।

कार्यक्रममा बोल्ने अन्य प्रशिक्षार्थीहरुले समेत यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा संचालन हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु प्रशिक्षार्थीका रुपमा सहभागी रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा कस्तो विषय वस्तु समेटेका दृष्य खिच्ने, कसरी खिच्ने देखि प्रकासमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी वन्तले सहजिकरण गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजिकरण गरेका थिए ।

सुनसरीका पत्रकारहरुका लागि कोरोना कहरका समयमा ,दुर्घटना विमा , खाद्यान्न राहत ,स्वास्थ्य सुरक्षा सामाग्री मास्क ,सेनिटाइजर लगायतका सामाग्री वितरण देखि संक्रमित वन्न पुगेका पत्रकारहरुलाई मोवायल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधि उपचार व्यवस्था मिलाउने काम विगतमा गरिएको स्मरण गर्दै नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुको दक्षताका लागि समेत तालिम प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्रशिक्षण राखिएको अध्यक्ष पवन अधिकारीले वताए ।

प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,इक्वाल अहमद , प्रदेश सचिव सन्तोष यादव , नेपाल प्रेस युनियन प्रदेस सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला , प्रेस युनियन सुनसरीका उपाध्यक्ष सन्जिव वाग्ले र बरिष्ठ फोटोग्राफर विसप ताम्राकार लगायतले कार्यक्रमको प्रभावकारिताका विषयमा आफ्नो धारणा राखेका थिए ।

Share19Tweet12SendScan
Previous Post

निशर्त विद्यार्थी नेताहरुलाई रिहा गर्नुपर्ने जसपाको माग

Next Post

धरौटीमा रिहा भए विधार्थी नेताहरु, इनरुवामा मनाए १५ औं बलिदानी दिवस

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
धरौटीमा रिहा भए विधार्थी नेताहरु, इनरुवामा मनाए १५ औं बलिदानी दिवस

धरौटीमा रिहा भए विधार्थी नेताहरु, इनरुवामा मनाए १५ औं बलिदानी दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In