इनरुवा । संविधानका पिता एवम् पूर्व प्रधानमन्त्री तथा सभापति स्व. सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीमा स्व. कोइरालाको शालीकमा माल्यार्पण गरी छैटौं स्मृति दिवस मनाइएको हो । सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, सचिव वीरेन्द्र साह लगायतका नेताहरुले उनको चर्चा गरेका थिए ।
नेपाली काँग्रेस इनरूवा वडा कार्य समिति वडा नम्बर–३ को आयोजनामा नेपाली काँग्रेस सुनसरी सभापति केदार भण्डारीको प्रमुख आथित्यता इनरुवा–३ को सखुवागाछी चोकमा रहेको पुरानो एवं च्यातिएको धुजामा नयाँ राष्ट्रिय झण्डा फहराइएको छ । सोही चौकमा दिप प्रज्जवलन गरी स्मृति सभा सम्पन्न भएको वडा सभापति सुनोज निरौलाले जनाएको छ ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले स्व. सुशिल कोइरालाले सबै दललाई एक ठाउँमा ल्याएर संविधान जारी गरिएकोले उनको ठुलो भुमिका रहेको बताए । वर्तमान सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हुनाले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सबै कुरा बिर्सेर स्थानीय तहको चुनावको तयारीमा जुटनका लागि अनुरोध गरे ।