चतरा । नेपाली कांग्रेस वराहक्षेत्र वडा नं १ कार्य समितिले १४ महाधिवेशन अन्तरगत नगर, क्षेत्र र जिल्ला अधिवेशनमा निर्वाचित वडाका नेताहरुलाई सम्मान गरेको छ । शनिबार सम्मान र समिक्षा कार्यक्रम गर्दै वडा कार्य समितिले २० जना निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।
वडा सभापति ईशवर थापाका अनुसार जिल्ला सदस्य अजित राई , सुुनसरी क्षेत्र नं १ प्रदेश ख समितिमा निर्बाचित सदस्यहरु संन्तोष श्रेष्ठ , शुशिला शेर्पा , मनोनीत सदस्यहरु सुरेन राई, उदय ठटाल, लोकबहादुर दाहाल , मनोज तामाङ्ग , नगर समितिको उपसभापति युबराज श्रेष्ठ , सह– सचिव संन्तोष भण्डारी , नगर सदस्यहरु भविन राउत, दिनेश घिमिरे, दिनेश कार्की, मित्र मगर , शुशिला परियार ,बन्दना साह मनोनीत सदस्यहरु दिनेश राई, धनकुमार राई, भिषण बस्नेत , राजेन्द्र निरौला र सिताराम पौडेललाई खादा लगाएर सम्मान गरिएको हो ।
औलिया मठ धर्मशालामा आयोजना भएको कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि तथा वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगर सदस्य दिनेश राई , क्षेत्र नं १ प्रदेश सभा ख का सदस्य उदेश ठटाल , जिल्ला सदस्य अजित राई लगायतले १४ औं अधिवेशनको गुट–उपगुट , बिचार समुहलाई हटाएर कांग्रेसलाई जिताउन लाग्नु पर्नेमा जोड दिएका थिए ।
वडा सभापति ईशवर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उप–सभापति भक्त श्रेष्ठले गरेका थिए । कार्यक्रमको संचालन सचिब राजु तामाङले गरेका थिए ।