Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहको अधिवेशन सहमतिमा गर्नुपर्ने कांग्रेस नेताहरुको जोड

एक साथ चारवटा वडा कार्यालय उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहको अधिवेशन सहमतिमा गर्नुपर्ने कांग्रेस नेताहरुको जोड
108
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अधिवेशन स्थगित भएपछि नेपाली कांग्रेसका नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका छन् । नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेसका नेताहरुले सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा नम्बर ३,५,६ र ८ मा वडा कार्यालय शनिवार एक साथ उद्घाटन भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ३,५,६ र ८ नम्बर वडा कार्यालय उद्घाटन गरेका हुन् । यस अघि नै ७ नम्बरको वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भइसकेको थियो । नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा नम्बर १,२ र ४ को वडा कार्यालय खोल्न बाँकी रहेको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्षेत्रीय सभापति अन्सारीले भोक्राहा नरसिंहको पालिका स्तरीय अधिवेशन सहमतिमा गर्न एक जुट हुनुपर्ने बताएका छन् । भोक्राहा नरसिंह गाउँपालिकामा कांग्रेसका नेताहरुले पहल र प्रयास गर्नुपर्नेमा जोड दिए । पालिका स्तरीय अधिवेशन हुन नसकेकाले एक ठाउँमा उभिएर फागुन १० गतेभित्र सहमतिमा नेतृत्व चयन गरेर स्थानीय तहको निर्वाचनमा होमिन नेता तथा कार्यकर्ताहरुले अनुरोध गरेका छन् ।

कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि कांग्रेसको १४ औं महाधिवेशनका सबै तिता मिठा कुरा बिर्सेर स्थानीय तहको निर्वाचनमा होमिन तयार हुनुपर्नेमा उनले जोड दिएका दिए । भोक्राहा नरसिंह गाउँपालिकाको अधिवेशन निर्वाचन नगरी सहमतिबाट नेतृत्व चयन गर्न पार्टीले निर्देशन गरेको हुनाले कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्ने उनले बताए ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह वडा नम्बर–६ को वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि पुर्व सांसद सुर्यदेव दास उराँवले पालिकाको अधिवेशन सहमतिको विकल्प नरहेकोले एकजुट भएर नेतृत्व चयन गर्नुपर्ने बताए । कांग्रेसको १४ औं महाधिवेशनमा भएको गुट–उपगुटलाई बिर्सेर कांग्रेसलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनले बताए ।

त्यसैगरी नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति ईसराईल मंसुरीले पालिकाको अधिवेशन सहमतिबाट नेतृत्व चयन हुने ठोकुवा गरे । वडा कार्यालयको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सभापति मंसुरीले पालिकाको अधिवेशन चुनावबाट गर्नुपर्ने बाध्यता हटेर गएको र सहमतिमा नै हुने भएकाले तेरो मेरो नगरीकन एक ठाउँमा बसेर सहमति, सहकार्य र एकताबाट नेतृत्व चयन हुने विश्वस्त रहेको बताए । भोक्राहा नरसिंह वडा नम्बर–६ को वडा कार्यालयको उद्घाटनबाट एकताको सन्देश प्रवाह भएको समेत उनले जिकिर गरे ।

त्यसैगरी नेपाल मुस्लिम संघ सुनसरीका सभापति अजमल अख्तर आजादले मनमुटावलाई अन्त्य गरी कांग्रेसलाई पालिकामा जिताउन आवश्यक रहेको एकजुट हुनुपर्ने बताए । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष पदमा जोसुकैले टिकट पाएपनि सबैले सहयोग गरी जिताउनुपर्नेमा उनले जोड दिए ।

भोक्राहा नरसिंहमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएकाले कसैले खुट्टा नतानी तन,मन र धनले कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउनुपर्नेमा जोड दिए । पालिकाको नेतृत्व चयन गर्नका लागि नेताहरुले कसरत गरेपछि सहमतिमा नै टुंगो लाग्ने र आफुले पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु रुकमण खत्री,हारुन अन्सारी,शत्रुघन यादव, वीरेन्द्र उराँव, ममता उराँव, हाजी सुलेमान मंसुरी लगायतकाले सहमतिमा पालिका स्तरीय सहमतिमा नै नेतृत्व चयन गर्न जोड दिएका दिए ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह–३ का वडा सभापति देवकुमार मण्डल, ५ नम्बरका वडा सभापति हारुण रसिद मंसुरी, ६ नम्बरका वडा सभापति जमालुद्धिन मंसुरी, ८ नम्बरका वडा सभापति कलिम मंसुरीको सभापतित्वमा वडा कार्यालय उद्घाटन भएका हुन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव जुगेश्वर यादव र पुर्व सचिव राजेन्द्र प्रसाद मेहताले कार्यक्रम संचालन गरेका थिए ।

Share43Tweet27SendScan
Previous Post

निर्वाचितलाई सम्मान

Next Post

फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता

फेसबुके मेयर बनाउँदैछन्, म खुट्टा कमाउँदिन् : मेयर मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In