इनरुवा । प्रगतिशील लेखक संघ सुनसरीको अध्यक्षमा टीकाराम घिमिरे (टीका मिलन) सर्वसम्मतबाट चयन भएका छन् । प्रगतिशील लेखक संघ सुनसरीको नवौँ जिल्ला अधिवेसनबाट अध्यक्षमा घिमिरे (टीका मिलन) चयन भएका हुन् ।
सुनसरीको इटहरीमा प्रगतिशील लेखक संघ सुनसरीको नवौँ जिल्ला अधिवेसनबाट उपाध्यक्षमा विमला पोखरेल, सचिवमा कृष्णप्रसाद नेपाल, सहसचिवमा कृष्ण गौतम,कोषाध्यक्षमा मिथिला पोखरेल चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा कविराज घिमिरे, शुष्मा तम्सिना र शष्मिता नेपाल चयन भएको प्रगतिशील लेखक संघ सुनसरीले जनाएको छ ।