गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा दीप प्रज्जवलन गरेर विपलभ अधिकारीलाई श्रद्धाञ्जली दिइएको छ ।
इनरुवाका इनरुवा युवा समुहरुले दीप प्रज्जवलन गरी एक मिनेट मौन धारण गरेर अधिकारीलाई श्रद्धाञ्जली दिइएका हुन् ।
इनरुवाको लोकतान्त्रिक चोकमा इनरुवा युवा समुहरुले मंगलवार साँझमा दीप प्रज्जवलन कार्यक्रमको आयोजना गरेको शंकरनाथ महाँजुले बताए ।
ललितपुरमा आगलागीमा फसेका ७० वर्षिय बृद्ध–बृद्धाको ज्यान जोगाउने क्रममा गम्भीर घाईते भएका १९ वर्षिय विपलभ अधिकारीको उपचारको क्रममा मृत्यु भएको थियो ।
अधिकारीको बहादुरी अवगत गराउन र आत्माको चिरशान्तिका लागि दीप प्रज्जवलन गरी श्रद्धाञ्जली व्यक्त गरेको दीपाश्री निरौलाले बताइन् ।
त्यसैगरी कार्यक्रम संयोजक शुसान्तराम पोखरेलले अधिकारीको बहादुरी र सम्मान गर्न राज्यले उचित कदम उचाली अझै युवाहरुको मनोवल बढाउनु पर्ने बताए ।
कार्यक्रममा सोनु रिजाल,दिपा श्री निरौला शैकरनाथ महाँजु,पुकार श्रेष्ठ,शिषमा आचार्य,भविष्य अधिकारी,सजल पोखरेल लगायतको सहभागीता रहेको थियो ।
इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...