Monday, September 25, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी

सभापतिमा पराजित भएका महतोको कार्यसमितिमा बहुमत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापतिमा दाहाल बिजयी
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको नयाँ नेतृत्व चयनका लागि मंगलवार सम्पन्न भएको निर्वाचनबाट पालिकाको सभापति पदमा युवराज दाहाल निर्वाचित भएका छन् । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा दाहालले ६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी देव नारायण महतोले ५३ मत ल्याएर पराजित भएका हुन् । दाहाल कोइराला पक्षधर हुन भने महतो देउवा पक्षधर हुन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा देउवा पक्षधर बलियो भएपनि सभापति पदमा कोइराला पक्षका दाहाल निर्वाचित भएका हुन् । सभापति पदका उम्मेदवार महतो पराजित भएपछि देउवा समुहका नेताहरुले छलफल र बहस सुरु गरेका छन् । मतगणना हुदाँ मतपत्रमा सभापति पदमा दाहाल र अन्य पदमा देउवा समुहका उम्मेदवारहरुलाई मतदान गरेको देखिएको थियो । नेपाली कांग्रेस भोक्राहा नरसिंहका सभापति पदमा दाहाल पुनः निर्वाचित भएका हुन् ।
त्यसैगरी उपसभापति पदमा मुस्ताक मियाँले ६१ र मन्जिला उराँवले ६० मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्धी मौली मियाँले ५७ र रेखादेवी गुप्ताले ५७ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी सचिव पदमा कृपाराम मेहताले ६५ र अस्फाक आलम अन्सारीले ५९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी सन्जुदेवी शाहले ५० मत प्राप्त गरेर पराजित भएका हुन् । त्यसैगरी सह–सचिव पदमा बैजु मण्डलले ६३ र सेराज मियाँले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उनीहरुको प्रतिद्वन्द्वी पारसलाल उराँवले ५७ र धिरेन्द्र प्रसाद यादवले ७ मत प्राप्त गरेर पराजित भएको मतदान अधिकृत लोकराज बस्नेतले जनाएको छ ।

सह–सचिव सेराज मियाँले विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गरेकाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकाको निर्वाचनमा उम्मेदवारी दिएपछि मंगलवार आएको मतपरिणाम अनुसार उनले ५८ मत ल्याएर निर्वाचित भएका हुन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवाको नेपाल विद्यार्थी संघ इकाई सभापति समेत उनले जिम्मेवारी निर्वाह गर्दै आएका युवा नेता हुन् ।

त्यसैगरी नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–१ बाट खुल्ला सदस्य पदमा दुई जना निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा रामसागर मेहताले ५८ र मायालाल गुप्ताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । सो वडामा खुल्ला महिला सदस्यमा उर्मिला महतोले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी राजबती उराँवले ५६ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–२ बाट खुल्ला सदस्य पदमा मो आरिफ अन्सारीले ६२ मत र रामकृष्ण मेहता ६० मत ल्याएर निर्वाचित भएका छन् । सोही वडामा खुल्ला महिला सदस्यमा लिलादेवी मेहताले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–३ मा खुल्ला सदस्यबाट पुष्पा कार्कीले ५८ र बलराम धानुकले ५८ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा जुलेखा खातुनले ५३ मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–४ मा खुल्ला सदस्यबाट कैयुम अन्सारीले ६२ र रियाम मियाँले ६० मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा नजमुन खातुन मियाँले ५९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
त्यसैगरी भोक्राहा नरसिंह–५ मा खुल्ला सदस्यमा जयराम उराँवले ५९ र सदिक मियाँले ५९ मत ल्याएर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा निरासा कुमारी मण्डल भने निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–६ मा मो.आलम अन्सारीले ६५ र सगिर मियाँले ६० मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा चन्चलदेवी पौदार निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी भोक्राहा नरसिंह–७ मा खुल्ला सदस्यहरुमा झमेली मण्डलले ५७ र रामदेव धानुकले ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने खुल्ला महिला सदस्यमा कृष्णादेवी हलुवाई निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी भोक्राहा नरसिंह–८ मा खुल्ला सदस्यहरुमा महन्थी साह तेली र मो.मन्सुरी मियाँ र खुल्ला महिला सदस्यमा बिमलादेवी मोची निर्विरोध निर्वाचित भएको मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको दलित सदस्यमा बुधु खत्वेले ५८ मत, दलित महिला सदस्यतर्फ छेदनीदेवी ऋषिदेवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यसैगरी मुस्लिम सदस्यहरुमा अजिज मियाँले ६०, इत्राहिम मियाँले ५९ मत र सोहेलअक्तर अन्सारीले ५६ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने मुस्लिम महिला सदस्यतर्फ आसमा खातुनले ६० मत र सहनाज खातुनले ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

त्यसैगरी मधेशी सदस्यहरुमा दिलिपकुमार यादवले ५८, इनरदेव मेहताले ५७ र हरिलाल साहले ५५ मत प्राप्त गरेर निर्वाचित भएका छन भने मधेशी महिला सदस्यहरुमा संगिता कुमारी यादवले ६५ मत र मंगली साहले ६२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । त्यसैगरी आदिवासी जनजाति सदस्यमा लिलावतीदेवी उराँवले ५९ मत र सुरेन्द्रदास उराँवले ५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने आदिवासी जनजाति महिला सदस्यमा सुनितादेवी मण्डलले ५६ मत प्राप्त गरे निर्वाचित भएका हुन् । त्यसैगरी अपाङ्ग सदस्य कोटाबाट सकलदेव मण्डल निर्विरोध निर्वाचित भएको निर्वाचन मतदान अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

Share24Tweet15SendScan
Previous Post

इकवाल अहमदको नेतृत्वमा अल्पसंख्यक क्षेत्र पत्रकार हित विभाग गठन

Next Post

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

बविया स्वास्थ्य चौकीलाई शौचालय सहित खानेपानी हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज ७, २०८०
Sun, September 24, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In