वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । वडा समितिले टोल समिति गठन कार्यक्रमलाई तिब्रता दिएको वडा सभापति इश्वर थापाले बताए ।
सभापति थापाका अनुशार बुधबार वडामा रहेको वराहक्षेत्र मन्दिर परिषद , शुलीपाखा र सिदुरपुरलाइ मिलाएर टोल कमिटी गठन गरिएको छ । वराहक्षेत्र मन्दिर परिसदमा भएको भेलाले राजकुमार राईको संयोजकत्वमा २३ सदस्य टोल समिति गठन गरिएको हो ।
उक्त टोल समिति गठन कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सदस्य अजित राईको प्रमुख अतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश प्रतिनिधि प्रतिनिधि संन्तोष श्रेष्ठ , नगर सह( सचिब संन्तोष भण्डारी , नगर सदस्य दिनेश राई लगाएतले मन्तव्य राखेका थिए ।
वडा सचिव राजा तामाङले संञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण उपसभापति भक्त श्रेष्ठले राखेका थिए ।












