देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनिल प्रसाद भगतले अति विपन्न परिवारको किसानहरुलाई खेतीपाती गर्न सहज होस् भन्ने उदेशका साथ निःशुल्क विद्युतीय किटनाशक छर्ने स्परे मेसिन वितरण गरेको हो ।
त्यसै वडाका किसान विरेन्द्र यादवका अनुसार आफू किटनाशक छर्ने विद्युतीय स्प्रे मेसिन पाए पछि आफू निकै खुशी भएको व्यक्त गर्नुभयो । वहाँको अनुसार म पहिले हाते स्प्रेले वालीमा किटनाशक छर्ने गर्थे अहिले विद्युतीय स्प्रे मेसिन पाएपछि अब काम गर्न निकै सहज भएको हो । उक्त वडाका बाबुनन्द यादवका अनुसार हाम्रो खेतीपाती बाहेक अरु कुनै रोजगार नरहेको तर वाली लगाउने समयमा खाद मलको यहाँ अभाव हुन्छ यो समस्या हाम्रो समयमै समाधान भयो भने हामीलाई खेतीपाती गर्न धेरै सहज हुन्छ ।
आज हाम्रो वडा अध्यक्ष अनिल भगतले हामीलाई विद्युतीय स्प्रे निःशुल्क दिए पछि हामी निकै खुशी भएको छु उनले भने । उक्त वडाका वडा अध्यक्ष अनिल भगतका अनुसार केही सत्ता अघि २ सय ७० थान विद्युतीय स्प्रे मेसिन वितरण गरेको थिए र यस पटक १ सय ८० थान वितरण गरेको छु ।
अब अर्को साता अति विपन्न परिवारलाई ग्यास चुलो वितरण गर्ने छु । आगामी दिनमा पनि किसानहरूको सेवा मा समर्पित रहनेछु वडाध्यक्षको भनाई छ । उक्त वडाका रूपक मेहता का अनुसार आफ्नो वडाको वडा अध्यक्ष सदैव हामीलाई सहयोग गर्दै आएको छ ।