इनरुवा । सुनसरीको इनरुवामा बिहिवार नागरिक समाज सुनसरीले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ ।
इनरुवा–३ सोमबारे हाटबाट नो एम सिसि, एम सिसि चाँहिदैन देश बेच्न पाईंदैन जस्ता बिभिन्न नारा सहित नागरिक समाज सुनसरीले बिरोध प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा मानिसहरु सोमबारे हाटबाट नाराबाजी गर्दै इनरुवा–१ को लोकतान्त्रीक चौकमा आएर कोण सभामा परिणत भएको थियो । उक्त प्रदर्शनमा एक सय भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो ।
कोण सभामा नागरिक समाज इनरुवाका सेमन्त बराल,हिन्दु अभियान्ता राजेश यादव लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...