हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–२ स्थित रहेको ग्रामिण उत्थान अधारभुत विद्यालयका ३० जना अति विपन्न विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ ।
नेपाल वेलफेयर सोसाईटी हरिनगर गाउँपालिका–२ रामनगर भुटाहा सुनसरीको आयोजना र २ नम्बर वडा कार्यालय हरिनगरको सहयोगमा सो विद्यालयका ३० जना बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।
हरिनगर–२ को सामुदायिक तथा धार्मिक विद्यालयका विपन्न छात्र छात्राहरुलाई शैक्षिक समाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत सोमवार एक कार्यक्रमको आयोजना गरी ३० जना बालबालिकाहरुलाई सो शैक्षिक समाग्री वितरण गरिएको नेपाल वेलफेयर सोसाईटी हरिनगरका अध्यक्ष मोजम्मिल अन्सारीले बताए ।
३० जना छात्र छात्राहरुलाई जनही व्याग १ वटा, टिफिन १ थान, , विद्यालय पोशाक १ सेट कोपी १ दर्जन, डटपेन दुई डिवा सहित शैक्षिक समाग्री वितरण गरिएको अध्यक्ष अन्सारीले बताएका हुन् । हरिनगर–२ का वडाध्यक्ष हाजी युनुस अन्सारी, वडा सदस्य जलामुद्धिन मियाँ, वडा सचिव डिम्पल देव, प्रधानाध्यापक ब्रहमदेव साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रसिद साह, समाजसेवी सेराज फलाही लगायतका सो शैक्षिक समाग्री वितरण गरेका थिए ।
वडाध्यक्ष अन्सारी, वडा सदस्य मियाँ, वडा सचिव देव र विद्यालयका प्रअ साह र विव्यसका अध्यक्ष साहलाई दोसल्ला ओढाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष अन्सारीले जानकारी दिए ।