हरिनगरा । नेकपा एमाले हरिनगर गाउँपालिका ४ नं. वडा कमिटीको आयोजनामा वडा भेला सम्पन्न भएको छ । नेकपा एमाले हरिनगर गाउँपालिकाले वडाहरुमा समिति विस्तार गर्ने क्रममा हरिनगर ४ ले वृहत वडा भेला सम्पन्न गरेको हो ।
हरिनगर माविमा सो भेलाको आयोजना गरी हरिनगरमा नेकपा एमालेको संगठनलाई मजबुत बनाई आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई विजय बनाउने उद्देश्यका साथ सो भेला आयोजना गरिएको नेकपा एमाले हरिनगर गाउपालिकाका अध्यक्ष श्रकिृष्ण मेहताले बताए ।
नेकपा एमाले प्रदेश सदस्य रामप्रसाद मेहताले नेकपा एमालेको विकल्प नरहेको बताउँदै आउँदो स्थानीय तहका निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउन नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए । हरिनगर गाउँपालिकामा कांग्रेसले नेतृत्व गरेकोले अब नेकपा एमालेबाट नेतृत्व गर्नुपर्ने बताउँदै सोका लागि लागि पर्न सम्पूर्ण कार्यकर्ताहरुमा आग्रह समेत गरेका थिए ।
त्यसैगरी नेकपा एमाले प्रदेश सदस्य लस्करी अन्सारीले हरिनगर गाउँपालिका वडा नम्बर–४ को वडा भेलाले पालिकामा राम्रो सन्देश प्रवाह हुने बताएका छन् । प्रदेश सदस्य अन्सारीले हरिनगर गाउँपालिकामा आउँदो स्थानीय तहको निर्वाचनमा डटेर लाग्नुपर्ने र नेकपा एमालेलाई जिताउन सबैले कसरत गर्नुपर्ने समेत बताए ।
नेकपा एमाले नयाँ योजना र रणनीति बनाएर पालिकाको टोल, वडाहरुमा प्रवेश गरेर संगठन निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको उनले बताए । उनले हरिनगर गाउँपालिका लगायत अन्य पालिकाहरुमा र प्रदेश तथा संघीय क्षेत्रमा समेत यस पटको निर्वाचनमा जनताले मत दिएर नेकपा एमालेलाई बिजयी गराउनेमा विश्वस्त रहेको समेत बताए ।
सो कार्यक्रम नेकपा एमाले हरिनगर ४ का वडाध्यक्ष विरेन्द्र मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य लस्करी अन्सारी, पारस साह, युवानेता मनोज मेहता, सेराजुद्दीन अन्सारी, नसीम अन्सारी, अकवर अली लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नारायण रामले संचालन गरेका थिए । हरिनगर गाउँपालिका–४ नम्बर वडा भेलालाई हरिनगर नेकपा एमालेका नेता सत्य नारायण मेहताले स्वागत मन्तब्य राखेका थिए ।