Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिला वडासदस्यहरुले बुझाए ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महिला वडासदस्यहरुले बुझाए ज्ञापन पत्र
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका महिला वडा सदस्यहरुले आ–आफना पार्टीका पालिका सभापतिलाई ज्ञापन पत्र बुझाएका छन् ।

दलित महिला केन्द्र नेपालको आयोजनामा पाँच दिने मध्यवर्ती बुट क्याम्प चुनावको युद्ध स्थलको तयारी नामक तालिममा सहभागि भोक्राहा नरसिंह गाउँपालिकाका आठ वटै वडाका महिला सदस्यहरुले आ–आफना पार्टीका पालिका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएका हुन् ।

सुनसरीको इनरुवामा सुरु भएको सो तालिममा भोक्राहा नरसिंह गाउँपालिकाका १४ जना महिला वडा सदस्यहरुले आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरुलाई अर्थपुर्ण सहभागिता हुनुपर्ने भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीका सभापति तथा अध्यक्षहरुलाई छुटाछुट्टै ज्ञापन पत्र बुझाएको आयोजक संस्थाले जनाएको छ ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहाल, नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिका अध्यक्ष रामकुमार मेहता र जनता समाजवादी पार्टी भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र यादवलाई महिला वडा सदस्यहरुले आउँदो स्थानीय तहको निर्वाचनमा महिला सदस्यहरुको अनुभव र सिकाईलाई मध्यनजर गर्दै वडाध्यक्ष पदमा टिकट दिनुपर्ने माग गर्दै ज्ञापन पत्र हस्तान्तरण गरेका छन् ।

सो पालिकाका महिला सदस्यहरुले पाँच वर्षको कार्यदक्षता ,अनुभव, भोगाई र सिकाईलाई आउँदो बैशाख ३० गते आसन्न निर्वाचनमा पालिकाको बिभिन्न वडाहरुमा महिलाहरुलाई अवसर दिई वडाध्यक्ष पदको नेतृत्व गर्नका लागि टिकट दिनुपर्ने उनीहरुको माग रहेका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले राज्यका सबै तहमा उत्पीडित जातजाति, क्षेत्र, भाषा, लिङ्ग र समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । यसका साथै राज्यका सबै तहमा कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व हुनै पर्ने व्यवस्था रहेको छ । स्थानीयतह निर्वाचन ऐन २०७३ ले संवैधानिक व्यवस्थाअनुसार स्थानीयतहमा प्रमुख र उप–प्रमुख वा अध्यक्ष तथा उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ ।’

ऐनमा भएको सोही व्यवस्थाका कारण वि.सं.२०७४मा सम्पन्न भएको स्थानीयतहमा उपमेयर तथा उपाध्यक्षको भूमिकामानिकै ठूलो संख्यामा महिलाको प्रतिनिधित्वहुन सम्भव भएको थियो । यसैगरी निर्वाचन ऐनले स्थानीयतहको वडातहमा कम्तीमा एकजना खुल्ला र एकजना दलित महिला गरी दुईजना महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका कारण वडा तहमा पनि महिलाको प्रतिनिधित्व हुनपुगेको छ ।’

वडातहमा झण्डै १४ हजार ३ सय ५२ महिलाको प्रतिनिधित्व भएको छ । नेपालमा संघीयताको कार्यान्वयनसँगै स्थानीयतहमा महिला र दलित महिलाको यो प्रतिनिधित्व निकै ऐतिहासिक र आशालाग्दो छ उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मुलुकमा पितृसत्तात्मक शक्ति–सम्बन्ध र लैङ्गिक विभेदका कारण स्थानीयतहमा प्रतिनिधित्व गरिरहेका महिलाले पनि सहजै कामगर्न सक्ने अवस्था बनेको छैन । त्यसैले स्थानीय सरकारमा महिलालाई केबल उपाध्यक्ष वा उप–प्रमुखको भूमिकामा मात्रै सीमित नगरेर वडाअध्यक्ष र स्थानीयतहको प्रमुख पदमापनि महिलाको सशक्त प्रतिनिधित्व हुन जरुरी रहेको दलित महिला केन्द्र नेपालका कार्यक्रम संयोजक रामसुन्दर मेहताले बताएका छन् ।

उनले भने, ‘त्यसैले समावेशी लोकतन्त्रको अभ्यास र लैङ्गिक विभेदको अन्त्यका लागि आगामी स्थानीयतहको निर्वाचनमा राजनीतिक दलले प्रमुख भूमिकामा महिलालाई उमेद्वार बनाउन आवश्यक छ ।’ त्यसैले महिला र सिमान्तीकृत समुदायको स्थानीयतहको निर्णायक र मुख्यपदमा प्रतिनिधित्व गराउन यहाँका दलले विशेष पहल गर्न आवश्यक रहेको छ ।

महिला वडा सदस्यहरुले १० बुँदे मागहरु सहित पार्टीका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएका छन् । आगामी स्थानीय निर्वाचनमा महिला र दलितमहिलाको निर्णायक पदमा प्रतिनिधित्व सुनिश्चितता गर्नुपर्ने, ५ वर्षे कार्यकालको अनुभवबाट प्राप्त सिकाई कार्यान्वयन गर्नका लागि वडा सदस्यमा निर्वाचित दलित र खुला महिला सदस्यहरु सकेसम्म माथिल्ला पद (वडाअध्यक्ष, पालिका प्रमुख तथा उप–प्रमुख)मा उम्मेदवारी वा सोही पदमा पुन उम्मेदवारी सुनिश्चितता गर्नका लागि ज्ञापन पत्रमार्फत आवाज उठाएका छन् ।

त्यसैगरी निर्वाचित हुने वातावरण मिलाउन, महिलाहरुको राजनीतिक सहभागीता बढाउन (विशेष गरी नेतृत्व तहमा स्थापित गर्न)को दलबाट विशेष पहल गर्न अनुरोध गर्दै निर्वाचित भएका महिलाको राजनीतिक क्षमता विकासको लागि सम्वन्धित पार्टीद्धारा विभिन्न खालका क्षमता विकास र मुलप्रवाहीकरण कार्यक्रम ल्याउन उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका हुन् । लैङ्गिक आधारमा महिला जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद अविलम्ब वन्द गर्न समेत सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संविधानले सुनिश्चित गरेको महिलाका हकअधिकार अविलम्ब कार्यान्वयन गर्नका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा भोक्राहा नरसिंहका अध्यक्षहरुलाई ज्ञापन पत्र मार्फत माग गरेका हुन् ।

 

Share26Tweet16SendScan
Previous Post

हरिनगरमा नेकपा एमालेको भेला

Next Post

माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी

माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In