Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की

हरिनगरमा तीन दिने प्रदेश स्तरीय एथलेटिक्स प्रतियोगिता सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २३, २०७८
in FEATURE, खेलकुद, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको छ : मन्त्री कार्की
55
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सुनसरीको दक्षिणवर्ती क्षेत्र विकासमा फड्को मारेको बताएका छन् । प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै कानुन मन्त्रीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा विगतका दिन भन्दा अहिले विकासमा फडको मारेको बताएका हुन् । हरिनगर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको तीन दिने प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगिताको प्रमुख अथिति समेत रहेका प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले विकाससँगै खेलकुदको माध्यमबाट रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताए । सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिकाले खेलकुदको मार्फतबाट पहिचान कायम गर्न सफल भएको उनले बताए ।

सडक, बाटोघाटो, विद्यालयमा गुणस्तरीय शिक्षाको विकाससँगै खेलकुदको माध्यमबाट बालबालिकाको विकास गर्नु अपरिहार्य रहेको उनले बताउँदै हरिनगर गाउँपालिकाले प्रदेश स्तरीय खेलकुदको विकासमा ध्यान पुर्याएको बताए । हरिनगर गाउँपालिकाले प्रदेश १ को ११ वटा जिल्लाको बालबालिकाहरुलाई खेलकुदाको माध्यमबाट शारीरिक विकाससँगै एक आपसमा सम्वन्ध कायम भएको मन्त्री कार्कीको भनाई छ । हरिनगर गाउँपालिकाले फराकिलो शिक्षाको सुरुवात गरेको उनले बताए ।

उनले भने, ‘फराकिलो शिक्षा आजको आवश्यकता हो । शिक्षा बिद्यालयको बन्द कोठामा दिने भन्ने बुझिन्छ तर पालिकाले प्रदेश स्तरीय खेलकुदको आयोजना गरेर मुलुकभर नाम र गौरब कमाउने मौका पाएको छ । स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । खेल शिक्षाले कला, सांस्कृति, सामाजिक क्षेत्रमा समेत मदत पुगाउँछ ।’उनले भने, सुनसरीको दक्षिण भेग पिछडिएको रहदैन्, दक्षिण भेग विकासमा अगाडी बढ्छ । सुनसरीको दक्षिणवर्ती क्षेत्र विकसित क्षेत्रको रुपमा चिनिन थालेको छ । शिक्षित भेगको रुपमा चिनिन्छ । हरेक क्रियाकलाप क्षेत्रमा अगाडी बढेको दक्षिण भेग विकासमा गति लिएको छ । प्रदेश १ सरकारले सुनसरीको दक्षिणभेगलाई विकासको क्षेत्रमा ध्यान पुर्याएको छ, त्यसैले विकासको गतिमा अगाडी बढेको छ उनले भने, ‘दक्षिण भेग बल्छ र बाल्नुपर्छ । हरिनगरबासीको कारणले विकासमा पछाडि परेको हुनाले प्रदेश १ सरकारले हराभरा बनाउने जिम्मा पाएको छ, त्यसैले विकास गर्न सम्भव छ । चाँडै नै प्रदेश १ सरकारले नयाँ गति दिनेछ । हरिनगर, देवानगंज गाउँपालिकालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस क्षेत्रलाई मध्यनजर गर्दै बारुण यन्त्र प्रदान गरेको र आगामी दिनमा विपद व्यवस्थापन गर्नका लागि नयाँ योजना रणनीति सहित यस क्षेत्रमा प्रवेश गर्ने समेत उनले बताए । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, देवानगंज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, नेपाली कांग्रेस सुनसरी ४(ख)का उपसभापति शिवहरी श्रेष्ठ, जसपा हरिनगरका अध्यक्ष धर्मवीर आर्य, नेकपा हरिनगरका श्रीकृष्ण मेहता, नेकपा माओवादी केन्द्रका भगवती महतो लगायतको सहभागिता रहेको थियो । हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले स्वागत मन्तब्य व्यक्त गरेकी थिईन । हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, हरिनगर गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

तीन दिने प्रदेश १ स्तरीय एथलेटिक्स प्रतियोगितामा ११ जिल्लाका बालबालिकाहरुको सहभागिता रहेको थियो भने प्रतियोगितामा बिजयी भएका बालबालिकाहरुलाई सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । हरिनगर गाउँपालिकाको शिक्षा शाखाका अजित कुमार मल्लिकले कार्यक्रम संचालन गरेका थिए ।

Share22Tweet14SendScan
Previous Post

माग पुरा नभए नेकपा माओवादी सडकमा आउने चेतावनी

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभामा मेहता सम्मानित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभामा मेहता सम्मानित

भोक्राहा नरसिंह गाउँपालिकाको ११ औं गाउँसभामा मेहता सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In