इनरुवा । अन्तर्राष्ट्रिय महिला दिबस (८ मार्च) को अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्चको आयोजनामा स्मल हावेन एकेडेमी स्कूलमा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको संस्थका अध्यक्ष विनीता दाहालले जानकारी दिईन । सो प्रतियोगितामा प्रिया कार्की प्रथम, सुजता मेहता द्धितिय र प्रिंयक साहले तृतिय र अंजली साह सान्तवाना भएका थिए । विजयी भएका प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । स्मल हावेन एकेडेमी स्कुलका कक्षा १० र ११ का विद्यार्थीहरुले भाग लिएका थिए ।
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...