बराहक्षेत्र । नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरु सेवामुखि कार्यमा लागेका छन् । स्थानिय बिपन्न , गरिव तथा असाय परिवारलाई केन्द्रित गर्दै बराहक्षेत्र कांग्रेसका नेताहरु सेवामुखि कार्यमा लागेका हुन् ।
मंगलवार बिहान सेवामुखि कार्यलाई निरन्तरता दिदै वराहक्षेत्र नगरपालिका वडा नं ८ का अपाङ्ग बलराम चौधरीलाई एक थान ह्विल चियर प्रदान गरेका छन् ।
यस भन्दा अगाडि नेपाली कांग्रेसका नेताहरुले वराहक्षेत्र (४) मा छेदन चौधरीलाई घर , कोभिटको समयमा बिपन्नलाई खाद्यन , बिरामीलाइ फुलफुल र सक्रित क्षेत्रमा सेनिटाईज , अग्नि पडितलाई राहत , बाढि पिडितलाई खाद्यन , उद्दार लगाएका काम गर्दै सेवामुखि राजनीतीमा लागि परेका थिए ।
मङलवार प्रदान गरिएको ह्विल चियर नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेन्द्रप्रसाद गुप्ताको संयोजनमा उपलब्ध भई बितरण गरिएको थियो । ह्विल चियरसंगै चौधरीको परिबारलाई खाद्यन खरिदकालागि नगद समेत प्रदान गरिएको नेपाली कांग्रेस वराहक्षेत्र (८) का सभापति खेमबहादुर थापाले जानकारी दिएका छन् ।
उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नगर सभापति रमेश कार्की , महाधिवेशन प्रतिनिधिहरु बावुराम बिष्ट , अनु गुरुङ , सुरेन्द्रप्रसाद श्रेष्ठ , नगर सदस्य तुलसीप्रसाद श्रेष्ठ, वडा सभापती खेमबहादुर थापा लगाएको उपस्थिति रहेको थियो ।