लौकही । सुनसरीको कोशी गाउँपालीकामा नारी दिवसको अवसर पारेर बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी गाउँपालीकाको आयोजना सम्पन्न “बालविवाह न्यूनिकरणमा शिक्षित बालिकाको भुमिका“ विषक उक्त वक्तृत्वकला प्रतियोगितामा विभिन्न ११ वटा विद्यालय र मदरसाका २२ छात्राहरुको सहभागिता रहेकोे थियो ।
कोशी गाउँपालीका ३ पश्चिम कुसाहास्थित रहेको राष्ट्रिय मावि शोभनपुरमा बिहीबार सम्पन्न सो प्रतियोगितामा मदरसा दारूल होला अल सल्फियाकि हबिबा बानो प्रथम, जय बिसहरा इङलिस स्कुलकि सरीता मण्डल द्वितीय,कोशी जनता मावि हरिपुरकि रचना ठाकुर तृतीय, कोशी मावि पश्चिम कुशाहाकि अनुषा साह चतुर्थ, राष्ट्रिय मावि शोभनपुरकि अष्मिता मेहता पाँचौ र बाँकी सबैेलाई सान्त्वना पुरस्कार वितरण गरेको कोशी गाउँपालीका समाजिक शाखा प्रमुख नायब सुब्बा राजकिशोर मेहताले जानकारी दिए ।
कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य भएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा प्रतियोगीहरुलाई कार्यक्रमका अतिथि गाउँपालीकाकि उपाध्यक्ष अनिता यादव,३ नम्बर का वडाध्यक्ष सुलेमान मन्सुरी, १ नम्बर का वडाध्यक्ष राजकुमार साह, कार्यपालीका सदस्य श्यामसुन्दर सिंह,शोभा मेहता,लेखा अधिकृत सुरप्रसाद दंगाल लगायतले पुरस्कार वितरण गरेका थिए ।