Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा कांग्रेस सहित अन्य दलबाट अध्यक्ष पदका आंकाक्षीहरु
157
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । नेपाल सरकारले स्थानिय तहको निर्वाचन आगामी २०७९ बैशाख ३० गतेको मिति घोषणा गरेपछि पार्टीहरुले गाउँकेन्द्रीत भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरु सार्वजनिक गर्दै व्यस्त हुन थालेका छन् । यस क्रममा हरिनगर गाउँपालिकामा पनि विभिन्न पार्टीको चहल पहल बढन थालेको छ भने अध्यक्ष पदका लागि आंकाक्षीहरुले आ–आफ्नो दावी प्रस्तुत गर्नथालेका छन् ।
स्थानिय तहको निर्वाचन मिति नजिकिदै जाँदा चुनावी सरगर्मि बढ्दै गएको पाइएको छ ।

हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गत स्थानिय तहको निर्वाचनमा अध्यक्ष पदमा गफार अन्सारी निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट लस्करी अन्सारी, तत्कालिन संघीय समाजवादी पार्टीबाट हेमनारायण मेहता थिए । नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पाँच वर्षमा हरिनगरको विकासमा फ्डको मारेको बताएका छन् । अध्यक्ष अन्सारीले हरिनगर गाउँपालिकाको मुहार फेरिएको र केही कामहरु गर्न बाँकी रहेकोले आउँदो स्थानिय तहको निर्वाचनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी रहने बताउँदै आएका छन ।

हरिनगर गाउँपालिकामा आफु निर्वाचित भएपछि हरिनगरको विकासमा दिनरात एक गरेर जनताको लागि काम गरेको हुदाँ पुनः अध्यक्ष पदमा उम्मेदवारी रहने उनले बताए । नेपाली कांग्रेसको तर्फबाट आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफु अध्यक्ष पदमा नै दोहोरिने निश्चित भएको उनले बताए । अध्यक्ष अन्सारी पुनः अध्यक्ष पदको उम्मेदवार हुने बजारमा चर्चा चल्न थालेपछि हरिनगर गाउँपालिकामा अन्य दलका प्रतिनिधिहरु आत्तिएका छन् । अध्यक्ष अन्सारीले हरिनगर गाउँपालिकामा प्रत्यक्ष जनतासँग भेटघाट र चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि अहिले ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई हरिनगर गाउँपालिकामा तिब्रता दिँदै कांग्रेसको संगठनलाई सुदृढिकरण गर्दै अगाडी बढिरहेको उनले बताए ।
गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नदिएपछि हेमनारायण मेहता नेपाली कांग्रेस परित्याग गरी तत्कालिन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । संघीय समाजवादी फोरमबाट टिकट पाएर हरिनगर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका हेमनारायण मेहता गफार अन्सारीसँग पराजित भएका थिए ।

नेपाली कांग्रेसमा पुनः घर फर्किएका मेहता आउँदो स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवारका आंकाक्षी हुन् । अहिलेसम्म नेपाली कांग्रेसबाट गफार अन्सारी र हेमनारायण मेहता अध्यक्ष पदका आंकाक्षी रहेको बताइएको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा लस्करी अन्सारी र ताहिर अन्सारीको चर्चा चलेको छ ।

गत स्थानिय तहको निर्वाचनमा गफार अन्सारीसँग पराजित भएका लस्करी अन्सारी यसपटकको निर्वाचनमा पुनः नेकपा एमालेबाट टिकट पाउने चर्चा सुरु भएपछि हरिनगर गाउँपालिकामा चुनावी सरगर्मि बढ्दै गएको पाइएको छ । नेकपा एमालेबाट हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा दुई जना आंकाक्षी रहेको समाचार श्रोतको दावी छ । नेकपा एमालेबाट लस्करी अन्सारी र ताहिर अन्सारी दुवै जनाले नेकपा एमालेको संगठन विस्तार र आन्तिरक प्रचार प्रसारमा व्यस्त रहेको पाइएको छ । स्थानिय चुनावलाई लक्षित गर्दै हरिनगर गाउँपालिकाभित्र जनतासँग प्रत्यक्ष भेटघाटमा उनीहरु व्यस्त रहेको समाचार श्रोतले जनाएको छ । लस्करी र ताहिर अन्सारी मध्ये कसले टिकट पाउने भन्ने बारेमा अन्योल रहेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा धर्मवीर आर्य समेत आंकाक्षी रहेको पाइएको छ । जसपाबाट एकल उम्मेदवारको रुपमा प्रस्तुत भएका धर्मवीर आर्य अध्यक्ष पदका लागि जनतासँग भोट माग्न सुरु गरेका छन् । हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा आंकाक्षी मेहताले परिर्वतनको आवश्यकता रहेकोले आफु चुनावी प्रचार प्रसार र घरदैलौमा व्यस्त भएको बताएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा तीन जना उम्मेदवार आंकाक्षी रहेको पाइएको छ । नेकपा माओवादी केन्द्रबाट दिलमहम्मद मियाँ, मोहन यादव र तुफेल अहमद अन्सारीको नाम चर्चामा आएपनि पार्टीले कसलाई टिकट
दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन् । तथापी तीन जना मध्ये एक जनाले नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र चुनावी मैदानमा उत्रिने छन् ।

Tags: हरिनगरहरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ
Share63Tweet39SendScan
Previous Post

इनरुवामा ४५ दिने सांकेतिक भाषा तालिम सम्पन्न

Next Post

हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण

हरिनगरको घुस्कीमा ४ सय ६३ परिवार लताकपडा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In