हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष अरविन्द मेहता सहित २ सय २५ जना भन्दा बढी बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका.छन् । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–३ गौतमपुरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हरिनगर–३ का वडाध्यक्ष मेहता सहित २ सय २५ जना भन्दा बढी नेपाली कांग्रेसमा पार्टीमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस हरिनगर–३ वडा कार्यसमितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । हरिनगर–३ का वडाध्यक्ष मेहता गत स्थानिय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउन र स्थानिय तहको निर्वाचनबाट मजबुत बनाउनका लागि युवा नेता अरविन्द मेहता सहित २ सय २५ जना भन्दा बढी पार्टीमा प्रवेश गराएको एक नेताले जानकारी दिए ।
सोही कार्यक्रममा हरिनगर गाउँपालिकाका शिक्षा शाखाका अजित कुमार मल्लिक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको भातृसंगठन नेपाल शिक्षक संघमा मल्लिक प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले खदा, माला र अबिर लगाएर स्वागत गरेका छन् ।
प्रदेश सांसद ताहिर अन्सारी, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, सचिव वीरेन्द्र साह, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतका नेताहरुले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नेपाली कांग्रेस हरिनगर गाउँपालिका वडा नम्बर–३ का वडा सभापति सत्यनारायण मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता हेमनारायण मेहताले स्वागत गरेका थिए ।