इनरुवा । नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि फस्ट एडको सामाग्री क्याम्पस प्रमुख इनु भट्टराईलाई हस्तान्तरण गरेका छ्न ।
उक्त कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले आयोजना र सिरप फर्मा डिस्टिरीब्युटर विराटनगरले सहयोग गरेको थियो ।
उक्त कार्यक्रममा वेटाडिन,कट्टन,बन्डेज,थर्मामिटर,हयास्पन जेल टेबलेट,निम्स टेबलेट,कट्टन जिकजैक,मिन्स पैड,ओआरएस, ओइन्ट मुपिर र हयान्डि प्लास्ट हस्तान्तरण गरेका छ्न ।
नेपाल विद्यार्थी संघ सुनसरी जिल्लाका भु.पु.सचिव धिरज भट्टराई,नेपालविद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाइका सभापति सेराज हुसैन,क्याम्पस प्रमुख इनु भट्टराई,प्रध्यापिका लिला आपागाइ,ने.वि.संघका नेता नन्दन गुप्ता,शम्भु कुमार मेहता,निरज शर्मा,रोशनी उराँव लगायत प्राध्यापक र विद्यार्थीहरुको उपस्थित थियो ।